×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको मोबाईल बैंकङ एप सिदार्थ बैंक स्मार्ट एक्स्पीमा अपग्रेड, ठगी नियन्त्रण गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ बैंकको मोबाईल बैंकङ एप सिदार्थ बैंक स्मार्ट एक्स्पीमा अपग्रेड, ठगी नियन्त्रण गरिने

१ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ एपलाई सिद्धार्थ बैंक स्मार्ट एक्स्पीमा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवम् बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिनेछ ।

एफवान सफ्ट इन्टरनेशनलले प्रवर्द्धन गरेको नयाँ एप्लिकेशन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउने बैंकले जनाएको छ । साथै, सिद्धार्थ बैंक स्मार्ट एक्सपी डिजिटल बैकिङमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ । यसले ग्राहकको मोबाईल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही प्रमाणहरु (पासवर्ड) प्रयोग गरी प्रयोग गर्न सकिने जनाएको छ ।

‘ग्राहकहरु मोबाईल बैंकिङ प्रयोग गर्न हिचकिचाइ रहेका छन्, किनभने अन्य व्यक्तिले उनीहरुको खातामा पहुँच पुर्याउन सक्ने संभावना छ । अटो-भेरिफिकेशनको प्रयोग गरेर ठगी नियन्त्रणमा हाम्रो पछिल्लो प्रयासले ठगीलाई न्यूनिकरण गरिनेछ र प्रमाणित ग्राहकहरुले मात्र मोबाईल बैंकिङ मार्फत आफ्नो खातामा पहुँच प्राप्त गर्नेछन् । बैंकले डिजिटल बैंकिङलाई सधै प्रवर्द्धन गर्दै आएको छ । हामी डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गछौँ र हाम्रो अनुप्रयोगको नविनतम संस्करणको सुरुवातसँगै प्रयोगकर्ताहरुले एपबाटै सिधै विभिन्न प्रकारका बैंकिङ सेवाहरु प्राप्त गर्न सक्नेछन् ।’ सिद्धार्थ बैंकका एक प्रतिनिधिले भने ।

नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, इएपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध छन् ।साथै सिद्धार्थ बैंक स्मार्ट एक्सपीले ठगी नियन्त्रणमा नविनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको बैंकले जनाएको छ । यस एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वःत प्रमाणित गर्ने क्षमता छ, र प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यहि नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति नदिने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी