×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको प्रतिफल घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको प्रतिफल घोषणा

Artha Sarokar

२६ श्रावण २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालित सिद्धार्थ ईक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ तथा सिद्धार्थ व्यवस्थित लगानी योजनाहरुको प्रतिफल घोषणा भएको छ ।

आर्थिक वर्ष २०७८/७९ का लागि सिद्धार्थ ईक्वीटी फण्ड तथा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई ९ % र १० % (कर सहित) का दरले हुन आउने रकम क्रमश १३ करोड ५० लाख रुपैंया तथा १२ करोड रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ तथा सिद्धार्थ व्यवस्थित लगानी योजना को आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षण कार्य सम्पन्न भएको छ ।

योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको २०७९ श्रावण २५ गते अपरान्ह ३ः१५ बजे बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।

साथै, सिद्धार्थ व्यवस्थित लगानी योजनाको आ.व. २०७८/७९ का लागि प्रतिफल घोषणा नगर्ने निर्णय गरेको  छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी