काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाराको जीतपुरमा रहेको सिमरा रंगशालाको अवलोकन/निरिक्षण गरेका छन् । मधेष प्रदेश अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकामा रहेको उक्त मैदानको निरिक्षणकालागि बिहिबार सिमरा पुगेका मन्त्री अथकले मैदानको भौतिक संरचना र निर्माण पक्षको बारेमा समेत जानकारी लिएका छन् ।
करिब १४ बिगाहा क्षेत्रफलमा फैलीएको सिमरा रंगशालाको निर्माणधिन प्याराफिटको अनुगमन गर्दै मन्त्री अथकले बाँकी रहेको निर्माण कार्यलाई चाँडै अगाडी बढाईने बताए । काठमाण्डौंदेखी सबैभन्दा नजिकको दुरीमा रहेको सिमरा रंगशाला निर्माण सम्पन्न भए राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरु संचालनमा सहजता हुने बताउँदै मन्त्री अथकले उक्त रंगशालाको विशेष महत्व रहेको उल्लेख गरेका हुन्।
मन्त्री अथकले भने, ‘रंगशाला निर्माणकालागि स्थानियस्तरबाट भएको प्रयास स्रहानिय छ, यसको पूर्णताकालागि अझैं प्रयास गर्नुपर्ने देखिन्छ, रंगशालाको पूर्णताकालागि आर्थिक स्रोत सुनिश्चितताको आधार खोज्न मन्त्रालय प्रतिवद्ध भएर लाग्छ, ढुक्क हुनुहोस ।’
उनले सिमरा रंगशालाभित्र खेलकुदका अन्य संरचना निर्माणको सम्भाव्यता समेत अध्ययन गरेर अगाडी बढिने बताए । सिमरा रंगशालालाई केन्द्र सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री अथकले खेलकुदको हबका रुपमा सिमरालाई विकास गर्न दिर्घकालीन रणनिति बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्