×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराईज बैंकले ल्यायो नेपालपे क्युआर सेवा संचालनमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सनराईज बैंकले ल्यायो नेपालपे क्युआर सेवा संचालनमा

Artha Sarokar

१७ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ सेवाहरुमा डिजिटाइजेसनलाई प्रवर्धन गर्दै आएको सनराईज बैंकले न्यास्नल पेमेन्ट स्विच अन्तर्गत नेपालपे क्युआर लाई आफ्नो मोबाइल बैंकिङ एप्लीकेसन सनराईज स्मार्टमा एकीकृत गरेको छ ।

बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमकाबिच बैंकका नायव महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ्ग हाउस लि. का प्रमुख कार्यकारी अधिकृत निलेस मान सिंग प्रधानले संयुक्त रुपमा सेवाको शुभारम्भ गरेका थिए ।

सनराईज बैंकका ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी नेपालपे क्युआर र्मचेन्टहरुमा सजिलै भुक्तानि गर्न सक्नेछन् । साथै, सनराईज बैंकमार्फत क्युआर भुक्तानी सेवा लिएका वा लिन चाहने व्यावसायी हरुले नेपालपे क्युआर स्ट्यान्डि प्राप्त गर्न पनि सक्ने बैंकले जनाएको छ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले २०,००० भन्दा बढि मर्चेन्ट नेटवर्क ( POS तथा QR ), १५९ एटिएम , १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आएको यस सनराईज बैंक कार्ड पेमेन्ट क्षेत्रमा पनि अग्रणी रहेको बैंकले दाबी गरेको  छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी