काठमाडौँ । सनराइज बैंकले सुनवलको वडा नं ०३ स्थित किर्तिपुर-०२ मा चौतारीको निर्माण गरेको छ । मिति २०७९/०४/२६ गते भएको एक उद्धघाटन समारोहमा उक्त चौतारीको उद्धघाटन गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख अथिति सुनवल नगरपालिका प्रमुख बिमला अर्याल, सभा अध्यक्ष पुमसरी गुरुङ्ग, विशिष्ठ अतिथीमा सन्राइज बैंकका नायब महा-प्रबन्धक अपछ कुमार यादव र सुनवल वडा नं ०३ का वडा अध्यक्ष पविन गुरुङ्ग तथा अन्य विभिन्न पदाधिकारी, समाजसेवी तथा स्थानिय बासिहरुको उपस्थिति रहेको थियो ।
स्थानियहरु विश्राम गर्ने, समाजका विभिन्न छलफल, भेला तथा कार्यक्रमहरु हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनिय योगदान पुर्याएको नगर प्रमुख अर्यालले बताए। संस्थागत उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु देशका विभिन्न ठाउँहरुमा गरिरहेको बैंकले गाउँ ठाउँको भौतिक संरचना निर्माण गरी समाजलाई सहयोग गर्न पाएकोमा बैंकका नायब महा-प्रबन्धक यादवले खुसी व्यक्त गरेका थिए ।
बैंकले हरेक वर्ष आफ्नो नाफाको १% संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको दाबी गरेको छ । गत वर्ष मात्र पनि १ सय ५० भन्दा बढी कार्यक्रहरु गरेको बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्