×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले ल्यायो भाद्र महिनाका लागि विशेष योजना, १५ प्रतिशत सम्मको क्यासव्याक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकले ल्यायो भाद्र महिनाका लागि विशेष योजना, १५ प्रतिशत सम्मको क्यासव्याक

२ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंकले हरितालिका तिजको अवसरमा भाद्र महिनाका लागि विशेष योजना ल्याएको छ । तिजको लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्य नजर गर्दै बैंकले भाद्र १ गते देखि भाद्र १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशत सम्म वा रु ५०० नबढ्ने गरी क्यासव्याक दिने व्यवस्था गरेको छ ।

साथै भाद्र महिनाभरी सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि नि:शुल्क डेबिट/क्रेडिट कार्ड, नि:शुल्क मोबाइल बैंकिङ, नि:शुल्क डिम्याट, नि:शुल्क मेरो सेयर तथा गरगहना राख्नको लागि लकर सुविधामा ५० प्रतिशत छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।

सनराइज बैंकले सनराइज नारी बचत खातामा रु १० हजार सम्मको प्रसुती खर्च र रु ५ लाख सम्मको घातक रोग खर्च दिँदै आएको दाबी गरेको छ । साथै,स्वास्थ्य योजना अन्तर्गत रु १ लाख सम्मको स्वास्थ्य बीमा र रु ५ लाख सम्मको दुर्घटना बीमा समेत दिदै आएको बताएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी