Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

अर्थ सरोकार

काठमाडौं । सनराइज बैंक लिमिटेडले लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ । कर्जा सुरक्षण नियमावली, २०७५ दोस्रो संशोधनको अधिनमा रही सम्झौता भएको जनाएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको छ । सम्झौतामा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र निक्षेप तथा कर्जा सुरक्षण कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै सनराइज बैंकले लघुवित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो सामूहिक जमानीमा लगानी गर्ने प्रति व्यक्ति दश लाख रुपैयाँसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति सात लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति २० लाखसम्मको लगानी गरेको कर्जाको सुरक्षण हुनेछ ।

त्यस्तै, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रति व्यक्ति १० लाखसम्मको कर्जा र कोषको पूर्व सहमति लिई महिलाले संचालन गरेका लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी अथवा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने १५ लाख रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्ने बैंकले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK