काठमाडौँ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले मधेस प्रदेशमा थप दुई शाखारहित बैंकिङ सेवा बिस्तार गरेको छ ।
बैंकको ९२ र ९३ औं शाखारहित बैंकिङ सेवा कल्याणपुर नगरपालिका वडा नं.-३, ईटारी प्रसाही, सिराहामा र रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका वडा नं.१०, दुधिअवामा बिस्तार गरेको हो । यसै गरी सिराहा जिल्लाको लहान नगरपालिका वडा नं.१८, शोभापुरमा ९४ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । साथै शुक्रबार भाद्र १० गते बैंकले झापा जिल्लाको झापा गाउँपालिका वडा नं.०६, शरणामतीमा ९५ औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ । हालसम्म सनराइज बैंकले १३९ वटा शाखा,९५ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १ सय ५९ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्