काठमाडौँ । स्मार्टफोन ब्राण्ड रियलमीले डान्सिङ रियालिटी शो ‘सुपर डान्सर नेपाल’ को टाईटल स्पोन्सर गर्ने भएको छ । यो भारतको सबैभन्दा लोकप्रिय र ठूलो रियालिटी शो ‘इन्डियाज सुपर डान्सर’ मा आधारित फ्रेन्चाइज रियालिटी शो हो ।
उक्त हस्ताक्षर समारोहमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘प्रतिष्ठित ग्लोबल डान्स फ्रेन्चाइजको एक हिस्सा ‘सुपर डान्सर नेपाल’ सँग साझेदारी गर्न पाउँदा हामी उत्साहित भएका छौँ । बालबालिका भविष्यका प्रतिनिधि हुन् । नेपालका प्रतिभाशाली बालबालिकाहरूका लागि यस्तो उत्कृष्ट प्लाटफर्मको हिस्सा बन्न पाउँदा धेरै खुशी लागेको छ । हामी सुपर डान्सर नेपालका सबै प्रतियोगीलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ ।’
सुपर डान्सर नेपालका निर्देशक भुषण दाहालले भने, ‘रियलमीसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ। युवा र बालबालिकाहरु केन्द्रित ब्राण्ड रियलमीसँगको साझेदारीले पक्कै पनि हाम्रो शोमा उत्साह र स्फूर्ति थपिएको छ । आगामी दिनहरूमा पनि यो साझेदारी अझै मजबुत रहिरहने र नेपालको युवा तथा बालबालिकाको क्षेत्रमा सहकार्यका साथ काम गर्ने आशा राखेका छौँ। भारतमा लोकप्रियता पाएको यस शोले नेपाली दर्शकहरूबाट पनि उत्तिकै माया पाउने आशा राखेका छौँ । देश तथा देश बाहिर रहेका महत्वाकांक्षी र प्रतिभाशाली नर्तकहरूलाई प्लाटफर्म प्रदान गर्न हामीले शारीरिक अडिसनमा मात्र सिमित नभई डिजिटल अडिसनबाट पनि सहभागीहरू लिइरहेका छौं ।’
देशव्यापी रुपमा चल्ने ‘सुपर डान्सर नेपाल’ कान्तिपुर टेलिभिजनबाट यहि श्रावण २६ देखि हरेक बिहीबार र शुक्रबार राती ९ बजे प्रसारण भई रहेको छ । सुपर डान्सर नेपालका लागि सुपर जजको रुपमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रमलाई कविता नेपाली र विल्सन विक्रम राईले सञ्चालन गर्ने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्