काठमाडौँ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा श्रावण १९ गते बिहिबार सम्पन्न भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा सम्पन्न भएको हो । सभामा कम्पनीका सेयरधनीहरु, संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धक, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्ने र यसको जानकारी तथा सिफारिस कार्यका लागि मर्जर कमिटि गठन गर्ने निर्णय सहित विशेष साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको छ। त्यस्तै ज्योति लाइफ इन्स्योरेन्ससँग गाभ्ने गाभिने प्रकृया र यससँग जोडिएका अन्य कामको लागि अख्तियारी दिने प्रस्तावपनि विशेष साधारणसभाबाट अनुमोदन भएको छ ।
त्यसैगरी कम्पनी एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यकता अनुसार बीमाङ्कीय मुल्याङ्कनका लागि परामर्शदाता, मुल्याङ्कनकर्ता लगायत कानूनी परामर्शदाता र अन्य विज्ञ नियूक्त गर्ने, निजहरुको पारिश्रमिक तोक्ने तथा कम्पनी एक आपसमा गाभ्ने/गाभिनेसंग सम्बन्धित प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रक्रियाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट स्विकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमोजिम विवरणहरु उपलब्ध गराउने लगायतका कम्पनी गाभ्ने/गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय समेत भएको व्यहोरा कम्पनीले जनाएको छ ।
उक्त सभामा कम्पनीका सेयरधनी, संचालक, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धक, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्