काठमाडौं । द हिमालयन रिजर्भले ब्राण्ड एम्बेस्डरमा नेपाली गल्फ खेलाडी शुक्रबहादुर राईलाई नियुक्त गरेको छ । द हिमालयन रिजर्भ १२ वर्ष पुरानो इम्पोर्टेड स्कच माल्ट र स्कटिश ग्रेन स्पिरिटहरूको मिश्रण गरी तयार गरिएको प्रिमियम ह्विस्की हो।
कम्पनीले सुरुआतदेखि नै चुनौतीबाट हार नमानी आफ्नो सपना पूरा गर्न प्रयत्नशील रहने व्यक्तिहरूको साथ दिदै आएको बताएको छ । स्कुले जीवनमा केही पैसा कमाउने आशामा केडी बोइ बनेर गल्फ खेलमा आफ्नो करियर सुरु गरेका शुक्रबहादुर राई नेपालको सबैभन्दा बढी सम्भावना बोकेका खेलाडीको रूपमा चिनिन्छन्।
गल्फ खेलमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने उनको सपना हाल पूरा भएको र आफ्नो र नेपालको नाम विश्वभरी नै चम्काउने उनको सपना अझै पूरा हुन बाँकी रहेको उनले बताएका छन्।
उनको हरेक चुनौती र अवसरहरूलाई समर्थन र सहयोग गर्दै जतिपनि युवापुस्ता खेलकुद क्षेत्रमा आफ्नो पहिचान बनाउन अग्रसर व्यक्तिको समेत लक्ष्य प्राप्तिमा सहयोग गर्ने प्रतिबद्धता कम्पनीले गरेको छ । द हिमालयन रिजर्भ केवल एक ह्वीस्की मात्र नभई साहस र रोमाञ्चकताको प्रतिक पनि रहेको कम्पनीको दाबी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्