×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिभीएसले ल्यायो ‘बब्बाल फाइनान्स अफर’ संचालनमा, २० % डाउनपेमेन्ट सुविधा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

टिभीएसले ल्यायो ‘बब्बाल फाइनान्स अफर’ संचालनमा, २० % डाउनपेमेन्ट सुविधा

Artha Sarokar

१६ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालका लागि टिभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बब्बाल फाइनान्स अफर ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिभीएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम ईएमआइ जुपिटरमा रू ३,९०८, NTorq SQUAD EDITION मा रु ५,२५४ र अपाचे आरटिआर २०० ४ भी रु. ६,८२२ मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरी अपाचे आरटिआर २०० ४भी को नगद खरिदमा ग्राहकहरूले टिभीएस रेसिङ्ग ज्याकेट नि:शुल्क प्राप्त गर्न सकिने टिभीएसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसका साथै कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटर एक्सेन्ज गरी नयाँ टिभीएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्याङ्कन गराउने टिभीएसले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले झन्झट मुक्त कागजात प्रक्रिया बाट टिभीएस मोटरसाइकल र स्कूटर खरिद गर्न सक्नेछन् । यस योजनाको सन्दर्भमा बोल्दै टिभीएसका प्रबन्ध निर्देशक दीपक रौनियारले भने,’हामी यो फाईनान्स योजनाले हाम्रा ग्राहकहरुलाई टिभीएस खरिद गर्न अझै सजिलो बनाउन खोजेका हौँ । हामी आशा गर्दछौं कि यो फाइनान्स योजनाले ग्राहकहरुलाई नयाँ टिभीएस मोटरसाइकल र स्कुटर खरिदका लागि आर्थिक भार कम गर्नेछ र हामी बजारबाट उत्कृष्ट प्रतिक्रियाको अपेक्षा गर्दछौं ।’

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । नेपालमा १३७+डिलर र २००+सेवा र स्पेयर पार्ट्स स्टेशनहरूको बलियो राष्ट्रव्यापी वितरण संजालको साथ,टिभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र ग्राहकहरूको मनमा स्थान बनाउन सक्षम भएको दाबी गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी