×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिभीएसले विराटनगरमा ३५ जना राईडर्सको साथमा एओजीको राईड सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

टिभीएसले विराटनगरमा ३५ जना राईडर्सको साथमा एओजीको राईड सम्पन्न

Artha Sarokar

१७ श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । लोकप्रिय टू-ह्वीलर्स कम्पनी टिभीएसले आफ्ना ग्राहकको लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचे धनीहरुका लागि रोमाञ्चक राईडमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको छ । साउन १४ गते शनिवारको दिन सो राईड विराटनगर महेन्द्र चोकबाट सुरु भएर नेता चोक (विराट चोक देखि इटहरी) इनरूवा हुँदा कोशी टप्पु स्थित अकवा बर्ड ईको रिसोर्ट सम्म ३५ सहभागीहरूलाई टिभीएसले पुर्याएको थियो ।

विभिन्न पेशाका सहभागीहरूले भाग लिएको एओजी सहभागीको लागि २०० भन्दा धेरै आवेदन फारम भरेपछि, चयन प्रक्रियामा ३५ जना चयन भएका थिए । विराटनगरमा भएको यो संस्करणका लागि दर्ता गरेका बाँकी राईडर्सहरूलाई टिभीएसले विराटनगर कै भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ ।

टिभीएसले आफ्नो ग्राहकको लागि विभिन्न कार्यक्रम र एडभेन्चर राईड संचालन गरिरहेका छन् । टिभीएसले विराटनगरसँगै अरु ठाउँमा पनि एओजी राईडको लागि दर्ता प्रक्रिया खुला गरिसकेको छ र नेपालको विभिन्न ठाउँहरूमा पनि एओजी राईड संचालन गरी सकेको छ । एओजी मा सहभागी भई विभिन्न राईडमा मात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा पनि सहभागी हुने मौका पाइनेछ ।

एओजी राईड अनुभवी मार्शलहरुको निगरानीमा भएको थियो जसमा राईडरहरूलाई रोड सेफ्टी जस्ता विभिन्न प्रशिक्षण दिएको थियो । यस एओजी राईडमा सहभागी हुने सबै राईडर्सहरुलाई टिभीएसले फ्री Riding Gears उपलब्ध गराएको थियो ।

सो राईडमा सहभागीहरुको लागि विभिन्न रोमान्चक खेलको आयोजना पनि गरेको थियो  र बिजेताहरुलाई पुरस्कार तथा सबै सहभागीहरुलाई टिभीएसले उपहार र प्रमाण पत्र वितरण गरेको थियो । यसका साथै राइडरहरुले रिसोर्टको नजिकै हात्तीलाई खुवाउने मौका समेत पाएको थियो । यस कोशी टप्पु क्षेत्रमा अक्टोबर ताका ५३७ प्रजातिका चराहरु बसाई सराई गरेर आउने गरेका छन ।

एओजीबारे जगदम्बा मोटर्सका प्रतिनिधि प्रशान्त राजभण्डारीले भने, ‘हामी Apache राईडर्सहरुको यति धेरै उत्साह देखेर निकै खुशी छौ । हामी चाडै नै एओजीबाट फेरी अर्को यात्रा सञ्चालन गर्नेछौँ । यस एओजी राइडको उदेश्य चाही नेपालमा Apache राईडर्सहरुको समूहलाई बलियो बनाउदै हाम्रो ग्राहकहरुलाई अझै नजिक राख्ने प्रयास हो ।’

कोशी टप्पु स्थित अकवा बर्ड ईको रिसोर्ट पुगेका सहभागी सन्दिप पोख्रेलले भने, ‘एओजीमा धेरै राम्रो समय बिताएका छौं। हामीले मार्शलसँग धेरै सवारी प्रविधिहरू सिक्नुका साथै नयाँ साथीहरू भेट्न पाएका छौं । यसपाली बिराटनगरमा आयोजना हुँदा आफू जस्तै Apache प्रेमी भेट्न पाउँदा र राईडमा सहभागी हुँदा खुसी नै बेग्लै छ र अब आउने दिनमा पनि टिभीएसले यस्तो कार्यक्रम आयोजना गर्नेछ भन्ने आशा छ । राईडमा साथीहरू पनि बनाए र रोमाञ्चक यात्रामा रमाउने मौका पनि पाए ।’

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । नेपालमा १३८+ डिलर र २००+ सेवा र स्पेयर पार्ट्स स्टेशनहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, राईडले बजारमा आफ्नो बलियो पकड कायम राख्न र ग्राहकहरूको मनमा स्थान बनाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादन, बिक्रीपछिको सेवा र देशभर ब्याकअप पार्टपुर्जाको उपलब्धता मार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिको कारणले आज टिभिएस नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी