×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भायानेटको नयाँ साखा अब सुर्खेत, घोराही र तुलसीपुरमा, इन्टरनेट र आईपीटीभी सेवा प्रदान गर्ने उद्देश्य

GLOBAL IME BANK
SHREE KESH

भायानेटको नयाँ साखा अब सुर्खेत, घोराही र तुलसीपुरमा, इन्टरनेट र आईपीटीभी सेवा प्रदान गर्ने उद्देश्य

२९ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ साखा विस्तार गरेको छ । आफ्ना ग्राहकहरूका लागि समय/समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब सुर्खेत, घोराही र तुलसीपुरका सर्व-साधारण पनि लाभान्वित हुने कम्पनीको विश्वास रहेको छ । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १ सय ७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् ।

आजको विश्व इन्टरनेटमा निर्भर रहेको छ । हाम्रो सम्पूर्ण दिनचर्याको अधिकांश हिस्सा इन्टरनेटकै सेरोफेरोमा बित्ने गर्दछ । यस्तो अवस्थामा तीव्र गतिको इन्टरनेट सबैको आवश्यकता बनेको छ । यसैले भायानेटले तीव्र गतिको उच्च गुणस्तरीय इन्टरनेट सेवा प्रवाह गरेर ग्राहकहरुलाई हरदम अगाडी बढ्न सहयोग पुर्याउँदै आएको दाबी गरेको छ ।

यसै सन्दर्भमा सुर्खेत, घोराही र तुलसीपुरमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्द गराएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट-अप-बक्स इन्स्टलेसन पनि नि:शुल्क पाउने कम्पनीले जनाएको छ । यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको बताएको छ ।

भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको दाबी गरेको छ । अत्याधुनिक प्रविधिको ब्रोडव्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा रहेको जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: