×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिभो भी २१ ई को मूल्य घट्यो, अब मात्र ३७ हजार ९ सय ९९ मा उपलब्ध

GLOBAL IME BANK
SHREE KESH

भिभो भी २१ ई को मूल्य घट्यो, अब मात्र ३७ हजार ९ सय ९९ मा उपलब्ध

२० श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड, भिभोले आज आफ्नो सर्वाधिक रुचाइएको स्मार्टफोनमध्ये एक भी२१ई को मूल्य घटाएको छ । भी२१ई को मूल्य दुई हजार रुपैंयाले घटेको छ र यो अब नयाँ मूल्य रु ३७,९९९ मा उपलब्ध हुनेछ । यो नयाँ मूल्य देशभरका सबै रिटेल स्टोर र इ-कमर्समा लागू हुनेछ ।

भिभो नेपालका सीईओ माइकलले भने, ‘भिभोमा, हामी हाम्रा ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन सधैं उत्साहित छौं र यो मूल्य घटेको घोषणासंगै नेपाली ग्राहकहरूका लागि हाम्रो प्रतिबद्धता पूरा गर्ने आशा गर्छौं । भी२१ई एक सुविधायुक्त स्मार्टफोन हो जसले प्रयोगकर्ताहरूलाई उनीहरूका सबै विशेष क्षणहरू खिच्न उत्कृष्ट फ्रन्ट क्यामेरा प्रदान गर्दछ । भिभोमा, हामी हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट प्रविधिहरू प्रदान गर्न निरन्तर तत्पर छौं ।’

भी२१ई मा ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेरा जडान गरिएको छ । यसमा एआई नाइट पोट्रेट समावेश भएकाले उत्कृष्ट फोटो र भिडियोहरु लिन सकिन्छ । यसको उत्कृष्ट-इन-क्लास फ्रन्ट क्यामेरा हार्डवेयर, अत्याधुनिक सफ्टवेयर र अटोफोकस सुविधाहरूको कारण स्पष्ट तस्वीरहरू, राम्रो नाइट शटहरू, र फोर के गुणस्तरमा अल्ट्रा-स्टेबल भिडियोहरू लिन सकिने कम्पनीले जनाएको छ ।

शक्तिशाली ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेराको एफ/२.० एपर्चरको साथ प्रकाश सीमित भएको वातावरणमा पनि राम्रो परिणाम दिन्छ । एआई नाइट पोट्र्रेटको साथमा, मल्टी-फ्रेम नोइज रिडक्सन एल्गोरिथ्म र एआई हाई-डेफिनिशन टेक्नोलोजी संयोजन गरिएको छ जसकारण प्रयोगकर्ताहरूलाई उत्कृष्ट नाइट फोटो खिच्न सजिलो हुन्छ ।

डुअल-भ्यू भिडियो, स्लो-मो सेल्फी भिडियो, फोर के सेल्फी भिडियो, र स्टेडिफेस सेल्फी भिडियो जस्ता उच्च-स्तरीय विशेषताहरूले प्रयोगकर्ताहरूलाई चाहेजस्तो परिणाम दिन्छ । एकै समयमा, प्रभावशाली ६४एमपी नाइट क्यामेराले क्रमशः म्याक्रो फोटोग्राफी, वाइड-एंगल र थप जटिल शटहरू सहित उत्कृष्ट इमेज क्वालिटी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

फोनको फ्रन्टमा सहज भिजुअल इफेक्ट, कम मोसन ब्लर, र समग्रमा उत्कृष्ट दृश्य अनुभवको लागि एचडीआर १० सँग भाइब्रन्ट ई ३ एमोलेड डिस्प्ले छ । यसको अल्ट्रा-स्लिम बडी ७.३८ एमएम पातलो छ र तौल केवल १७१ ग्राम रहेको छ । यो दुई आकर्षक रंग-रोमन ब्ल्याक र डायमंड फ्लेयर रंगमा उपलब्ध छ । भी २१ ई मा क्वालकम स्न्यापड्रेगन ७२० जी प्रोसेसर छ जुन ८ जीवी र्याम र १२८ जीवी रोममा, ३ जीवी एन्सटेन्डेबल र्यामको साथ आउँछ ।

यो इमर्सिभ गेमिङ अनुभवको लागि अल्ट्रा गेम मोडको साथ आउँछ । ३३ वाट फ्ल्यास-चार्ज सुविधाको साथ प्रयोगकर्ताहरूले निर्धक्क भएर आफ्नो कार्यहरु गर्न, फोटोहरु खिच्न, गेम खेल्न सक्छन् । रु दुई हजारले मूल्य घटेसंगै भी २१ ई देशभरको रिटेल स्टोर र इकमर्समा उपलब्ध रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: