×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘ब्याजदर वृद्धि अस्थायी हो आत्तिनुपर्दैन, रेमिट्यान्स पनि बढीरहेछ, अर्थतन्त्रमा थप सहजता आउँछ’, -डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले ब्याजदर बढ्दो भन्दे आत्तिनुपर्ने अवस्था नरहेको धारणा राखेका छन् । बुधबार आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले यस्तो बताएका हुन् ।

अर्थतन्त्रमा सबल मानिएका देशहरुमा पनि ब्याजदर वृद्धिको शिलशिला चलेकोले नेपालमा ब्याजदर बढ्यो भन्दै आत्तिनु नपर्ने मिश्रले बताए । ‘ब्याजदर वृद्धि अस्थायी हो ।’ मिश्रले भने -‘अहिले ब्याजदर बढ्ने ट्रेण्ड चलेको हो र यो स्थायी रुपमा चलिरहने प्रक्रिया पनि होइन । त्यसैले ब्याज बढ्यो भन्दैमा आत्तिनु पर्दैन ।’

त्यस्तै डेपुटी गभर्नर मिश्रले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म रेमिट्यान्स बढीरहेकाले अर्थतन्त्रमा थप सहजता आउने विश्वास समेत व्यक्त गरे ।

गभर्नर मिश्रले लसुन, प्याज, आलु लगायत कृषि जन्य सामग्रीमा आत्मनिर्भर हुनु पर्नेमा पनि जोड दिए । उनले आयात प्रतिस्थापन गरेर निर्यातमा जोड दिनुपर्ने बताए । नेपाल, भारत र चीन जस्ता ठूला मुलुकको बीचमा रहेकाले बजारका लागि नेपालले आत्तिनु नपर्ने पनि उनले बताएका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: