×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

‘बैंकमा डिपोजिट राख्दा यसरी हुन्छ घुसको लेनदेन, चन्द्र ढकालका दुईजिब्रे कुरा सुन्नुभो ?’ (भिडियो)

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR

काठमाडौँ । नाडाको इभी एक्स्पोमा बिहिबार अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा राखेर १५ प्रतिशत ब्याज आउने मुलुकमा उत्पादन वृद्धि नहुने आशयको अभिव्यक्ति दिए । सोहि कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आफुले अहिलेसम्म यस्तो आर्थिक संकट नदेखेको भन्न भ्याए । सो कार्यक्रमको केहि दिन अघि गभर्नर महाप्रसाद अधिकारी पनि देशको अर्थतन्त्र र राष्ट्र बैंकले गरिरहेको कामबारे चर्का भाषण गरिरहेका थिए । गत असोज १ बाट बैंकहरुले यसरी ब्याज बढाएका छन् कि मानौं उनीहरुको काम भनेकै ब्याज बढाएर डिपोजिट लिने मात्र हो । अनि यहि ब्याजले अहिले सबैलाई रुवाएको छ ।

जति चर्का भाषण गरे पनि अहिले बैंक तथा वित्तीय संस्थाहरुको काम नै अर्काको डिपोजिट खोस्ने मात्र भएको छ । यहि डिपोजिट लिनका लागि २ प्रतिशतदेखि ३ प्रतिशतसम्म कमिसन बाँडीरहेका छन् बैंकहरु । सीएसआरको पैसाले तपाईंकै संस्थामा खर्च गरिदिन्छु, डिपोजिटचाहिं हामीलाई दिनुहोस् भनिरहेका छन् बैंकहरु । डिपोजिट ल्याउनका लागि र भएको डिपोजिट अन्त नजाओस् भनेर बैंकहरु निक्षेप भएका कम्पनीहरुमा खुट्टै ढोग्न पुगिरहेका छन् । बिजनेश प्रमोसनका नाममा डिपोजिट दिनेहरुलाई ब्ल्याक लेबल, ब्लु लेबल, विदेश भ्रमणको टिकट दिईरहेका छन् बैंकहरु ।

अझ इन्स्योरेन्स कम्पनीका सीइओहरुको मोजमस्ती त कतिसम्म छ आजकल के भन्ने रु संस्थामा अर्वौको डिपोजिट छ, बैंकहरुको अफर उस्तै कडा छ । अव तपाईंले सोच्नुहोला कमिसनचाहिं कसरी बाँड्छन् होला रु त्यो पैसा कसरी एडजष्ट हुन्छ होला रु हामी आज बताउँदैछौं, बताउन नपरेको भए हुने एउटा खल्लो यथार्थ ।

एउटा ऋणी ऋण माग्न बैंक जान्छ । बैंक भन्छ- ‘पैसा छैन कसरी दिने ऋण ?’ ऋणी आफैं भन्छ- म यति करोड ९उदाहरणका लागि १० करोडको डिपोजिट खोजिदिन्छु, मलाई त्यहींबाट ऋण दिनु । डिपोजिट खोजिदिने भएपछी मख्ख परेर बैंकका कर्मचारीले उसको ब्याज पनि घटाईदिन्छन् । ऋण पाउँन यस्तो गाह्रो भएको बेला ऋणी पनि केहि पैसा घुसका रुपमा दिन तयार हुन्छ । ऋणीले बैंकका कर्मचारीलाई होइन, डिपोजिटवालालाई घुस दिन्छन । डिपोजिटकर्ता पनि ब्याज पनि पाइने, घुस पनि पाइने भएपछि मख्ख पर्छ । अनि यसरी सबैजना खुसी हुनेगरी बैंकमा पैसा डिपोजिट हुन्छ ।

र त यसरी ऋणी पनि आफैं खोजिदिने र डिपोजिट पनि आफैं खोजिदिने अनि कमिसन कुम्ल्याउने दलालहरु अहिले बजारमा छ्यापछ्याप्ती छन् । बैंकका संचालक, सीइओ लगायत मार्केटिङका मान्छेलाई फकाएर यस्तो धन्दा गर्नेहरु अहिले दिनानुदिन बढीरहेका छन् । कतिपय बैंक र बीमा कम्पनीका उच्च अधिकारीहरुसमेत यस्तो धन्दामा छन् । अव सोच्नुस त खर्बको साइजमा डिपोजिट हुने इन्स्योरेन्स कम्पनीका सीइओले कसरी पैसा कमाईरहेका होलान् । अनि तपाईं सुन्नुहुन्छ नि, इन्स्योरेन्सको मार्केट घट्यो, हाकिमसापको यता इजी मनितिर ध्यान छ अनि कसरी बढोस् बिजनेश । आजसम्म यस विषयमा कसैले खोजिनिधि गरेको छ रु

डिपोजिट लिन रक्सी बाड्ने कार्यक्रम पनि खुब भईरहेको छ बजारमा । बिजनेश प्रमोसन भनेर बुक गर्यो, अनि सो पैसाको रक्सी किनेर डिपोजिटकर्तालाई दियो । यतिसम्मकि आजकल त १० करोडको डिपोजिट लग्यो भने त्यसलाई बैंकले डिपोजिटकर्ता होइन, पहिलोपटक ससुराली आएको ज्वाईंजस्तो व्यवहार गर्छ । डिपोजिट लगिदिने मिडियाका हाकिमहरुलाई अँगालो मारेर बैंकले विज्ञापन दिन्छ, ठुला डिपोजिट दिने संस्थाहरुमा डिपोजिटको बदलामा कसलाई कता जागिर लगाईदिनुपर्ने हो कि, कसलाई के कता कसरी मेनेजर गर्नुपर्ने हो, सब हुन्छ । अनि स्थिति यस्तो भएपछि कसरी नबढोस ब्याज । अनि यसरी ब्याज बढेपछि अन्तिममा मर्का पर्ने भनेको त उही ऋणीलाई हो । यसका बारेमा कसले बुझ्ने रु कसले खोज्ने रु

अझ अर्को रमाइलो छ बजारमा । वैध च्यानलबाट रेमिट्यान्स आओस् भनेर रेमिट्यान्स रकम डिपोजिट गर्दा घटीमा १ प्रतिशत बढी ब्याज दिनुपर्ने नियम छ । बढीमा कतिसम्म दिने भन्ने स्पष्ट व्यवस्था नहुँदा बैंकहरु १५। १३ प्रतिसतसम्म यस्तो ब्याज दिन य्तार भएका छन् । अझ बजारमा यस्तोसम्म रमिता कि कि गैर रेमिट्यान्स रकमलाई रेमिट्यान्स रकम हो भनेर स्व घोषणा गरेकै भरमा बैंकमा बढी ब्याज दिनेगरी रेमिट्यान्स बचत गरिन्थ्यो । यतिसम्मकि नेपाल बंगलादेश बैंकबाट भीआरएस पाएको रकम पनि एक जना भूपू बैंकरले अर्को बैंकमा रेमिट्यान्स रकम भनेर राख्न भ्याए । लाजै पचाएर, आफुले लगाईरहेको अन्तरबस्त्र पनि खुस्केको छाल नपाउनेगरी बजारमा मनपरी हुन थालेपछि राष्ट्र बैंकले अहिले भन्न त कागजपत्र पनि चाहिन्छ भनेको छ । र पनि मनपरी रोकिएको छैन । हुँदै नभएको रेमिट्यान्सलाई रेमिट्यान्स हो भनेर एउटा ठुलो बैंकले त झन्डै १० अर्ब डिपोजिट संकलन गरेको छ । राष्ट्र बैंक रमिते भएपछि तपाईं हामी जति कराए पनि के गर्नु रु

अर्को फण्डा छ फेरी डबल, यतिगुणा र उतिगुणावाला अफरको । केहि बैंकलाई छोडेर अधिकांस बैंकले असोज अगाडी ल्याएका यस्ता प्रोडक्टबाट बैंकले नन कम्प्लाइन्स नभईकन कसैले पनि त्यसरी डबल रकम दिन सक्दैनन् । त्यसका लागि उनीहरुले कि कर समयमा नतिर्ने, त्यसको हर्जाना तिर्नेगरी हिसाब गरेका थिए, कि त ब्याज बढ्ने प्रक्षेपण गरेर मनपरी हिसाब गरेका थिए । एक्सेलमा राखेर हेर्ने हो भने धेरै बैंकहरुको यस्तो प्रोडक्ट गैरकानुनी र अनइथिकल थियो । तर बुझ्ने कुरा नबुझेजस्तो गरेपछि, राष्ट्र बैंकले आँखा चिम्लिदिएपछि उनीहरुको मनपरी चलिरह्यो । अहिले लाजैपचाएर हाम्रो त डबल हुने समय घट्यो भनेर समाचार छाप्न लगाईरहेका छन् ती बैंकहरु । के गर्नु नियामकले समयमा डण्डा नचलाउँदा बैंकहरुको मनपरी चल्ने नै भयो ।

ब्याज बढेकै कारण नेपालको सेयर बजारका लगानीकर्ताहरु थप प्यानिक बनेका छन् । थप ब्याज बढ्न सक्ने संकेतका कारण उनीहरु तनावमा छन् । सेयरमा लगानी गरेर आउने प्रतिफल भन्दा बैंकको ब्याजबाटै आउने प्रतिफल धेरै हुने देखेपछि धेरै सेयर लगानीकर्ताहरु सेयर बेचेर फिक्स्ड डिपोजिटमा पैसा राखिरहेका छन् । सस्तोमा ऋण नपाएपछि ऋणमा खेल्नेहरु बजारबाट बाहिरिएका छन् । यसले समग्र सेयर बजारलाई नराम्रो असर गरेको छ ।

अझ दुखलाग्दो कुरा त के छ भने यहाँ व्यवसायी र बैंकका अध्यक्ष उही मान्छे हुँदा तीनको बोली र व्यवहार पनि फरक भईरहेको छ । बुधबारमात्र एक कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बैंकले ब्याज बढाउनु ठिक नभएको प्रतिक्रिया संचारकर्मीहरुलाई दिएका थिए । । बुधबार नेपाल र इण्डोनेसिया एक्स्पो जानकारी कार्यक्रम पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । अनि त्यसको भोलिपल्टै उनी नै अध्यक्ष भएको ग्लोबल आईएमई बैंकले आकर्षक ब्याज दिने भन्दै प्रोडक्ट निकाल्यो(
२ वर्षमै पैसा डबल हुने , ुधनवृष्टि मुद्दती योजनाु योजना। ब्याजको हिसाब आफैं गरौँ । ब्याजसँगै लाजको हिसाब पनि अलिकति गरौँ न है ।

बैंकहरुले बाध्यताका नाममा अचाकली ब्याज बढाउँदा त्यसको प्रभाव चौतर्फी चर्को बनेको छ । बढेको ब्याजदरले सेयर बजार तहसनहस हुने दिशामा छ, कर्जा पाइने स्थिति छैन, डिपोजिट लिने वा दिने नाममा मनपरीको हद बढेको छ बजारमा । र पनि बैंकहरु भनिरहेका छन्, असोजमा नमज्जाले बढेको ब्याज कार्तिकमा पुनस् बढ्न सक्छ । अनि बैंकमा पैसा राखेर १५ प्रतिशतसम्म ब्याज पाएपछि कसले केका लागि किन गर्ने उद्यम रु कसले लिने स्टाफको टेन्सन, प्रोडक्सनको टेन्सन, बजारको टेन्सन, नियामकको टेन्सन, सरकारको टेन्सन, सबैको टेन्सन रु बरु भएको पैसा बैंकमा राख्यो, ब्याज खायो, बस् । देशको अर्थतन्त्र यतिधेरै संकटमा जाँदै गर्दा र ब्याजमा भएको बढोत्तरीले सिमा नाघ्दा पनि बैंकरहरु स्वयम् भनिरहेका छन्, ुअँ यार १ ब्याज त अझै बढ्ला जस्तो छ।’

डिपोजिटमा मात्र ब्याज बढेको छैन, ब्याज कर्जामा पनि बढेको छ । ८।२५ प्रतिशतमा लिएको ऋणको ब्याज १७ प्रतिशत हाराहारीसम्म पुगेको छ । उत्पादनको दर कम हुँदै गएको छ, बजार खुम्चिएको छ, अर्थतन्त्र कमजोर बनेपछि मानिसहरु खाने लाउने कुरामा मात्र ध्यान दिईरहेका छन् र यसका कारण धेरै कुराको व्यापार घटेको छ । तर बढेको छ बैंकको ब्याज । बढीरहेको छ र कहिलेसम्म कतिसम्म बढ्ने हो थाहा छैन ।

बैंकमा तरलताको अभाव भएसँगै यसरी ब्याज बढाएर बैंकले पैसा तानातान गरिरहेका छन् । नयाँ पैसा कहीं कतैबाट आएको छैन,उही एउटा बैंकको पैसा अर्कोले खोस्यो, अर्को बैंकको पैसा अर्कोले खोस्यो । यसले फाइदा कसैलाई छैन, तर ब्याजका नाममा हुने मनपरी रोकिएको छैन । अव यसरी नै ब्याज बढीरहने हो भने हाम्रो देश बढी ब्याज पाइने देश भनेर विश्वप्रख्यात होला भन्ने पीर सबैलाई छ । बैंकमा बढी ब्याज पाइने भएपछि स्वयम् व्यवसायीहरु पनि भनिरहेका छन्, किन लिने अरु तनाव रु बैंकको ब्याज खाने, बस्ने ।

ब्याज बढाएर कसैलाई फाइदा छैन । व्यवसायीलाई फाइदा छैन, सरकारलाई फाइदा छैन, बैंकलाई फाइदा छैन, देशलाई फाइदा छैन । त्यसैले यो ब्याज बढोत्तरीको विकल्प खोज्नुपर्ने स्थिति देखिईसकेको छ । अव फेरी यस्तो भन्दैमा अर्थमन्त्रालय ब्याज घटाउन खोज्ने र राष्ट्र बैंक हामी स्वायत्त निकाय हौँ हाम्रो काममा हस्तक्षेप नगर भनेर कराउने अनि फेरी पनि मारमाचाहिं जनता परिरहने हो भनेचाहिं ठिक हुँदैन । यसतर्फ सम्बन्धित सबैले ख्याल गर्नुपर्ने हुन्छ ।

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal