काठमाडौँ । ई-कमर्स प्लेटफर्म बिजबजारले वडा दसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका महान् चाडहरूलाई दृष्टिगत गर्दै ‘बिजबजार भव्य उत्सव’ नामक योजना चाडबाडको उमङ भव्य अफर्स सँग भन्ने नाराका साथ ल्याउने भएको छ ।
चाडपर्वमा सेवाग्राहीहरूले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूको माग अनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले बताएको छ । बिजबजार भव्य उत्सव अन्तर्गत सबै वर्गका सेवाग्राहीहरूले विभिन्न क्याटेगोरिजका सामानहरू खरिद गर्दा ७० प्रतिशत सम्म छुट सहित विविध रोमाञ्चक र आकर्षक योजनाहरू तथा उपहारहरू एवं बम्पर उपहारहरू समेत प्राप्त गर्न सक्नेछन्।
कम्पनीले यस योजना अन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू पनि सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्ने मौका प्राप्त गर्नेछन् । योजना अन्तर्गतका विभिन्न अफरहरूको विस्तृत जानकारी बिजबजारले क्रमशः रूपमा आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने हुँदा सेवाग्राहीहरूले सो मार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्ने बिजबजारले बताएको छ ।
बिजबजार भव्य उत्सवका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।
एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार अनलाईन सपिङ्ग ’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप-टप वा डेस्क-टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै http://www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।