×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बिजबजार भव्य उत्सव: निःशुल्क डेलिभरी देखि ७८ प्रतिशत सम्म छुट साथमा बम्पर उपहार

काठमाडौँ । बिजबजारले बडा दशैं, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका महान् चाडहरूलाई दृष्टिगत गर्दै ‘Bizbazar भव्य उत्सव’ नामक योजना सञ्चालनमा ल्याएकाे छ । चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूका माग अनुसार नै यो योजनालाई बजारमा ल्याएको र यो योजना असोज १० गते घटस्थापना देखि कात्तिक १३ गते सम्म सञ्चालनमा रहने बिजबजारले जनाएको छ ।

कम्पनीले नेपाली ब्रान्डलाई पनि प्राथमिकतामा राखेको छ । जसमा हामी नेपाली भन्ने योजना अन्तर्गत ग्राहकले प्रत्येक नेपाली सामानकाे खरिदमा उपहार पनि पाउने छन् ।  नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई प्रोत्साहन गर्न कम्पनीले यो योजना सार्वजनिक गरेको बताएकाे छ । यो अफर अन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७८ प्रतिशतसम्म छुट सहित विविध रोमाञ्चक र आकर्षक योजना तथा उपहार एवं बम्पर उपहारसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन् ।  यस योजना अन्तर्गत कम्पनीले तिन भाग्यशाली ग्राहकको लागि मेगा बम्पर उपहार को पनि व्यवस्था गरेको छ । जसमा पहिलो उपहार MI 65 INCH ULTRA 4K TV AND MI SOUND BAR, दोस्रो मा REALME 9 PRO + 5G, अनि तेस्रो उपहारमा SAMSUNG SINGLE DOOR REFRIGERATOR 192 L रहेको छ ।  साथै काठमाडौँ  उपत्यकाका ग्राहकको लागि घटस्थापना देखि असाेज २३ गतेसम्म निःशुल्क होम डेलिभरीको सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले दसैँमा दस कोसेली अन्तर्गत ‘गेस द कोसेली’ भन्ने अफर पनि सँगै ल्याएको छ । कम्पनीका अनुसार, यसमा सहभागी हुनका लागि सुरुमा कम्पनीको आधिकारिक फेसबुक र इन्स्टाग्राममध्ये कुनै एकमा जानु पर्ने हुन्छ । त्यहाँ कम्पनीले सामानको बारेमा केही जानकारी दिएर अब त्यो सामान चिन्नुहोस् भन्ने आशय प्रस्तुत गर्दछ । ग्राहकले कम्पनीको वेबसाइटमा गएर त्यो सामान चिनेर त्यसको स्क्रिनशट सो प्रश्नको कमेन्ट बक्समा सेन्ट गर्नुपर्ने हुन्छ । उत्तर मिलाउनेमध्ये एक जनालाई कम्पनीले सोही सामान उपहार स्वरूप दिने भएको छ ।

यो योजनामा रहेका अफरहरू निम्न अनुसार छन्:

१ . TECH मास्टर: UP TO 78% OFF (Computers & Gadgets)
२. GORGEOUS: UP TO 73% OFF (Health & Beauty)
३. GHARKO LOOK: UP TO 73% OFF (Home Decor)
४ .The E-zone: UP TO 50% OFF (Electronics & Accessories)
५. SMART घर: UP TO 50% OFF (Home Appliances)
६. FESTIVE MOOD: UP TO 50% OFF
७. SHOEPRISE: UP TO 33% OFF (Footwear)
८. Kids Special: UP TO 70% OFF (Baby Products )
९. TIME 4 AABHUSAN: UP TO 70% OFF (Jewelry)
१०. UTSAVKO TAYARI: UP TO 69% OFF (Miscellaneous)
११. DAINIK ESSENTIALS: UP TO 54% OFF (Daily Essentials)
१२. PAWSIBILITIES: UP TO 50% OFF (Pet Supplies)
१३. CHADWAAD WIHESH: UP TO 50% OFF (Festive & Puja Samagri)
१४. GHARGHARMAA MITHAS:UP TO 10% OFF (Sweets and Confectionary)
१५. HAMI NEPALI: UP TO 5% OFF (Nepali Brands / Products and Complimentary Gift)

यस योजना अन्तर्गतका विभिन्न अफरहरूको विस्तृत जानकारी बिजबजारले क्रमशः रूपमा आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित गर्ने हुँदा सेवाग्राहीहरूले सो मार्फत आवश्यक जानकारी प्राप्त गर्न सक्ने बिजबजारले बताएको छ ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ भने एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप-टप वा डेस्क-टपबाट बिजबजारकाे अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै  www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: