Skip to content
LAXMI SUNRISE BANK

चाडपर्वको अवसरमा कीर्तिपुरको चोभारमा लोपोन्मुख लिङ्गे पिङ्ग बजार सञ्चालन

अर्थ सरोकार

काठमाडौँ । वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने पुरातन मान्यताले पनि धेरैलाई दशैँमा लिङ्गे पिङ खेल्न प्रेरित गदर्छ । विशेष गरी दशैँमा पिङको महत्त्व छुट्टै रहेको पाइन्छ । दशैँमा खेलिने लिङ्गे पिङको महत्त्वलाई आत्मसात गर्दै नेपाली ई-कमर्स प्लेटफर्म बिजबजारले यस पालिको दशैँको सुअवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँ कीर्तिपुर स्थित हुपील्याण्ड नजिकै रमणीय स्थानमा कीर्तिपुर नगरपालिका वडा नम्बर ६ को वडा समिति, चोभार विकास समिति, आमा समूह चोभार तथा श्री अदितिनाथ सामुदायिक बन उपभोक्ता समिति चोभारको सहकार्यमा असोज १२ गते देखि छठ सम्मको लागि एघारवटा लिङ्गे पिङ सहित पिङ्ग बजार सञ्चालन गरेको छ, जहाँ सर्वसाधारणले घोडचढीको पनि निःशुल्क मनोरञ्जन लिन सक्नेछन्।

बिजबजारले बडादशैंलाई लक्षित गर्दै हाम्रो परम्परासँग जोडिएको पिङ खेल्ने प्रचलनलाई निरन्तरता दिन र सर्वसाधारणलाई दशैँमा मनोरञ्जन प्राप्त होस् भन्ने हेतुले पिङ बजार सञ्चालन गरेको जनाएको छ । साथै बिजबजारले सो अवधिमा त्यो ठाउँमा पार्किङ गर्ने सर्वसाधारणको लागि १०० रुपैयाँको भौचर कोड PINGBAZAR को पनि व्यवस्था गरेको छ । PINGBAZAR  कोडको प्रयोग गरेर सेवाग्राहीले बिजबजार मार्फत सामान खरिद गर्दा रु १०० बराबरको छुट प्राप्त गर्न सक्नेछन् ।

लिङ्गे पिङको महत्त्व दशैँसंग अभिन्न रूपमा जोडिएको छ । पिङको मज्जा लिन बालबालिका, युवायुवती देखि वृद्ध वृद्धाहरू समेत पछि पर्दैनन् । दशैँमा रमाउने बहाना मध्ये पिङ एक उत्कृष्ट तरिका पनि हो । दशैँमा हामी विभिन्न प्रकारका खानेकुराहरू खान्छौँ अझ विशेष गरी मासुजन्य परिकार, यसरी दशैँको बेला बढी खानेकुरा खाइने भएकाले उक्त खानेकुरा पचाउनको लागि पनि पिङ खेल्ने गरिएको कतिपयले तर्क गर्दछन् । पिङ मच्याउनका लागि उठ्ने र बस्ने गरिन्छ,यस क्रममा हाम्रो पेटको राम्रो व्यायाम हुन पुग्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK