×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Exclusive : ब्रोकरको चलखेलले बुँदा बंगाईएपछि नियमावली संसोधनको केस फेरि क्याबिनेट पुग्यो, त्यसपछि के भयो ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले संचालक समितिबाट पास गराएर मन्त्रालय पठाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ क्याबिनेटबाट पास भई प्रमाणीकरण भएर आउँदा अस्पष्ट भाषा र बोर्डले पारित नै नगरेको विषय पनि उल्लेख भएर आएपछि धितोपत्र बोर्डले तीब्र असन्तुष्टी जनाएको छ । संसोधित नियमावलीमा एकपटक ब्रोकर लाइसेन्स खोलेपछि ३ बर्षसम्म अध्ययनका लागि समय छुट्याउन तयार भएको बोर्डले उल्लेख गरेको बुँदालाई ३ बर्षसम्म नयाँ ब्रोकर लाइसेन्स नै नखुलाउने आशय आउनेगरी भाषा प्रयोग गरिएको, र ब्रोकर कमिसन घटाउन गाह्रो हुनेगरी अनुसूचीमा उल्लेख भएका धितोपत्र बोर्डका केहि अधिकारहरुको कटौती गरी सो अधिकार क्याबिनेटको हुनेगरी भाषा प्रयोग भएर आएपछि बोर्डले असन्तुष्टी जनाएको हो ।
क्याबिनेटमा पुन: पठाइएको संसोधन पनि स्वीकृत !
आफुले पारित नै नगरेको विषयलाई संसोधित नियमावलीमा उल्लेख गरेको र नयाँ ब्रोकर लाइसेन्स दिनका लागि वेवाधान खडा हुनेगरी भाषा प्रयोग गरिएको पाइएपछि बोर्डले यो प्रक्रियालाई पुन: अगाडि बढाई सो संसोधन प्रस्ताव पुन: क्याबिनेटमा पठाएको बोर्ड स्रोतले पुष्टी गरेको छ । बोर्डले ब्रोकर लाइसेन्स सम्बन्धि अस्पष्ट भाषा हटाई, सो नियमावलीलाई तुरुन्त लागु गर्न मिल्नेगरी, र ब्रोकर कमिसन पनि केहि समयपछि बोर्डकै सिफारिसमा हटाउन मिल्नेगरी पुन: नियमावलीमा थप स्पष्ट भाषासहितको संसोधन क्याबिनेटमा पठाएको हो । क्याबिनेट बैठकमा सहभागी एक मन्त्रीका अनुसार सोमबारको क्याबिनेटले बोर्डको प्रस्ताव जस्ताको त्यस्तै पास गरिसकेको छ । अव दोश्रोपटक संसोधित नियमावलीमा सेयर ब्रोकर लाइसेन्स तत्काल वितरण गर्ने उल्लेख छ । यसअघि एक पटक खोलेर ३ बर्षसम्म लाइसेन्स नखुलाउने विषयलाई बंग्याएर ३ बर्षसम्म लाइसेन्स नखुलाउने आशयको प्रयोग भएको भाषा संसोधन भएको छ । कमिसन घटाउने अधिकार पनि क्याबिनेटमा हुने गरी अघिल्लो संसोधनमा भाषा उल्लेख भएकोमा सो भाषा पनि परिमार्जन गरिएको छ ।
गत भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली पास गरेको थियो । तर सो नियमावली प्रमाणित भएर आउँदा भाषा उल्टोपुल्टो भाषा प्रयोग भएर आएपछि बोर्ड असन्तुष्ट भएको थियो । गत बिहीबार धितोपत्र बोर्डमा पुगेको प्रमाणीकरणसहितको सो संसोधित नियमावलीमा अस्पष्ट भाषा प्रयोग भएपछी बोर्ड अध्यक्ष हमालले धितोपत्र बोर्डको सञ्चालक समितिको बैठक डाकेर त्यसलाई आवश्यक संसोधन गरी पुन: क्याबिनेट पठाएका थिए । अहिले क्याबिनेटले बोर्डले भनेबमोजिम नियमावली पास त गरेको छ, तर प्रमाणीकरण हुँदासम्ममा पुन: भाषा बंग्याउने भन्दै ब्रोकरहरुको चलखेल सुरु भईसकेको छ ।
ब्रोकरको लविङपछि उल्टोपुल्टो भाषा, अर्थमन्त्रीले सहयोग गरेपछि रातारात अर्को संसोधन !
यसो त अर्थ मन्त्रालयबाट विधायन समितिसम्म पुग्दा नियमावलीको ड्राफ्टमा खासै केहि समस्या थिएन । तर समितिबाट क्याबिनेट पुग्दा पूरानो ड्राफ्टलाई अगाडी सारेर भाषामा खेल्न खोजिएको र सो तथ्य निकै पछि मात्र थाहा भएको बोर्डका एक संचालकको दाबी छ । ‘विधायन समितिले त कतै कानुन बाझिन्छ कि भन्ने मात्र हेर्ने हो । यहाँ त भाषा नै उल्टोपुल्टो पारिदिएछन् । हामीकहाँ संसोधन स्वीकृति प्रमाणित भएर आउँदा त नयाँ ब्रोकर लाइसेन्स तत्काल खोल्न मिल्ने कि नमिल्ने भन्ने भाषा नै नमिली आएको देखियो । त्यसपछि हामीले तुरुन्त यसलाई संसोधन गरेर क्याबिनेट पठायौँ । बोर्डका अध्यक्ष आफैं लाग्नुभयो । अर्थमन्त्रीले एकदम राम्रो सहयोग गर्नुभयो । अन्तत: क्याबिनेटले हामीले भने अनुसार नै नियमावली पास गरेको खबर पाएका छौँ ।’ ती संचालकले अर्थ सरोकारसँग भने ।
अव ढुक्क हुने वातावरण छ त ? कहिले खुल्छ लाइसेन्सको आवेदन ?
बोर्डले अघिल्लो संसोधनमा प्रयोग भएका भाषा ठिक नभएको भन्दै पुन: क्याबिनेट पठाएको संसोधन बोर्डले भने अनुसार नै क्याबिनेटले संसोधन पास गरेको छ । तर सो संसोधन मंगलबार वा बुधबारमात्र प्रमाणित हुन्छ । प्रमाणित नहुन्जेलसम्म पनि थुप्रैको चलखेल हुने ठाउँ छ । तर अर्थमन्त्री स्वयमले यस विषयमा निकै कडा निर्देशन दिएर विदेश उडेकाले अव सो संसोधनमा चलखेल हुने ठाउँ भने कम छ । ‘अवचाहिं चलखेल खासै नहोला । अर्थमन्त्रीले कुनै हालतमा पनि नयाँ ब्रोकर लाइसेन्स आह्वानको सूचना तत्काल निकाल्नुपर्छ भन्नुभएको छ । त्यसैले अवचाहिं ढुक्क हुने स्थिति हुन सक्छ । तर सुब्बाले मन्त्रीलाई घुमाईदिने देशमा अन्तिमसमयसम्म के होला भन्न सकिन्न।’ बोर्डका एक संचालकले अर्थ सरोकारसँग भने ।
यता बोर्ड भने बिहिबार वा शुक्रबार नयाँ लाइसेन्सको आह्वान गर्नेगरी सूचना प्रकाशन गर्ने तयारीमा छ । ‘मंगलबार वा बुधबार नयाँ संसोधन प्रमाणीकरण भएर आउँछ । त्यसपछि छिटोमा बिहिबार र ढिलोमा आइतबार नयाँ लाइसेन्सको सूचना प्रकाशन हुन्छ ।’ बोर्डको उच्च स्रोतले भन्यो -‘यो हदसम्मको चलखेल हुन्छ भन्ने सपनामासमेत सोचेका थिएनौँ । अव भईदियो के गर्ने ? अव पुन: अर्को संसोधन पास भएको छ । यसैलाई खुसीको खबर मान्नुपर्छ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: