काठमाडौँ । नेपालमा अनलाइन मार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लागि अग्रिम टिकट बुकिङ सुरू गरेको छ । यात्रुहरूले नेपालका कुनैपनि गन्तव्यका टिकट आफ्नो मोबाईल मार्फत सहजै काट्न सक्नेछन् । बुकिङ खुला भएसँगै यात्रुहरूले सहजै अनलाइनबाट दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिनेछ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् । यात्रुहरूले असोज १ गतेदेखि मोबाईलबाट नै आफ्नो गन्तव्यको टिकट काट्न सक्नेछन् ।
अनलाइन टिकट सुविधाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने, ‘हामीले बिगत देखि नै यात्रुहरुलाई सहज होस् भनेर अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाउँदै आएका थियौँ, यस पटक हाम्रो सिस्टममा पर्याप्त टिकटको व्यवस्था भएकाले घरबाटै टिकट बुकिङ गरि सहज रुपमा यात्रा गर्नुहुन अनुरोध गर्दछौँँ।’
टिकट काट्न इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सक्नेछन् ।
मुलुकभर रहेका इसेवाका १ लाख ५० हजार भन्दा बढि एजेन्ट नेटवर्कबाट समेत टिकट काट्न सकिनेछ । साथै खल्ती,आइएमईपेका एजेन्ट नेटवर्कका साथै हरेक बैंकका मोबाईल बैकिङ मार्फत समेत टिकट काट्न सकिनेछ । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम भएको र अधिकांश यातायात समिति तथा कम्पनी आवद्ध रहेको कम्पनीले दावी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्