×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंक र एनपिआइ नारायणी सामुदायिक अस्पताल तथा सिराईचुली होटलबीच सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेञ्चुरी कमर्सियल बैंक र एनपिआइ नारायणी सामुदायिक अस्पताल तथा सिराईचुली होटलबीच सम्झौता

२९ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड नारायणगढ शाखा, लायन्स चोक र भरतपुर-१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैंकका कर्मचारीहरुलाई एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड, नारायणगढ तथा सिराइचुली होटल, नारायणगढमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने विभिन्न सेवा (ओ.पि.डी., फार्मेसि, सि.टी. स्क्यान वाहेक ) शुल्कमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखा प्रमुख भेषराज खड्का र एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडका तर्फबाट अस्पतालका संचालक बिष्णु कुँवरले हस्ताक्षर गरेका छन् ।

साथै, भरतपुर-१०, स्थित सिराइचुली होटलमा फुड एण्ड बेभरेजमा १०% र एकोमोडेशन शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाका प्रमुख भेषराज खड्का र सिराइचुली होटलका तर्फबाट रिसोर्टका संचालक बिष्णु घिमिरेले हस्ताक्षर गरेका हुन् ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवन जिल्लामा ६ वटा शाखाहरु- नारायणगढ लायन्सचोक, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानीबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले कुल १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी