काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट, चितवन तथा त्रिसारा, काठमाडौँबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाइल बैंकिङ प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैंकका कर्मचारीहरुलाई जंगल भिल्ला रिसोर्ट, चितवन र त्रिसारा, काठमाडौँमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
जंगल भिल्ला रिसोर्ट, चितवनमा एकोमोडेशन शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र जंगल भिल्ला रिसोर्टका तर्फबाट बजार प्रमूख सुहानी गिरिले हस्ताक्षर गरेका थिए ।
साथै त्रिसारा, काठमाडौँमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट त्रिसरा, पेरोस पिज्जा र त्रिसारा-द बेकिङ फ्याकट्रीमा समेत उपलब्ध हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र त्रिसारा, काठमाडौँका तर्फबाट प्रबन्धक निर्देशक शोभन विर मालाकारले हस्ताक्षर गरेका थिए ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्