काठमाडौँ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले बजारमा देखिएको तरलता समस्या समाधान गर्न नागरिक लगानी कोष (सीआईटी)ले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिकासम्बन्धी छलफल कार्यक्रममा बैंकर्सहरुले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोषजस्ता संस्थाले केही मात्रामा भए पनि बजारमा तरलता अभाव न्यूनीकरण गर्ने भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।
कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषका तर्फबाट विषयवस्तुको प्रस्तुतीकरण गरेका थिए । उनले तरलता समस्याका कारण कोषले सहभागीहरुलाई प्रवाह गर्ने ८० प्रतिशत ऋण सापटीको माग बढिरहेको, सहभागी आवास तथा सरल कर्जाको मागमा पनि वृद्धि भएको, विभिन्न बैंकहरुबाट जारी गर्ने डिबेन्चर निष्कासनमा वृद्धि हुन थालेको, खुल्ला बजार नीतिअनुरुप माग र आपूर्तिका आधारमा ब्याजदर कायम नभएको धारणा राखेका थिए।
नेपालले १५ भदौसम्मको तथ्यांक अनुसार कोषको कुल लगानीको ६५ प्रतिशत लगानी बैंकिङ क्षेत्रमा रहेको जानकारी दिए । २०७९ असार मसान्तसम्म कोषको खुद कोष मौज्दात २ खर्ब १७ अर्ब रुपैयाँ रहेको र १ खर्ब ९४ अर्ब लगानी रहेको पनि उनले बताएका थिए । कार्यक्रममा नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्याय र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बजारमा देखिएको तरलता समस्याका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष प्रा डा सूर्यबहादर थापाले कोष र बैंकहरुले आपसी सहकार्य गरी अहिले बजारमा देखिएको तरलता अभावलाई न्यूनीकरण गर्नेतर्फ विशेष जाड दिनुपर्ने खाँचो औँल्याए । उनले कोषले अर्थतन्त्रमा योगदान पुर्याउनेतर्फ कार्य गरिरहेको र यस्तो कार्यलाई अझ प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्