×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोका-कोलाको दसैंँ विशेष ‘सम्बन्ध उत्सव स्वादसँग’ क्याम्पेन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोका-कोलाको दसैंँ विशेष ‘सम्बन्ध उत्सव स्वादसँग’ क्याम्पेन

३० भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोका-कोलाले यो वर्षको दसैंँको लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ नामक क्याम्पेन शुरुवात गरेको छ । दसैंँ समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा-टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा-मिठा परिकारहरु बनाएर खाने परम्परा रहेको छ । यही परम्परालाई मध्यनजर गर्दै यो वर्षको दसैंँको लागि ‘सम्बन्ध उत्सव स्वादसँग’ ल्याइएको कोका-कोलाले जनाएको छ ।

क्याम्पेनको बारेमा बोल्दै कोका-कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने, ‘यो वर्षको ‘सम्बन्ध उत्सव स्वादसँग’ लाई लिएर म एकदमै उत्साहित छु किनकी यसले ठ्याक्कै दसैंँको मुख्य आकर्षणलाई प्रतिविम्बित गरेको छ । जुन भनेको आफ्नो सम्बन्धलाई प्रगाढ बनाउने, नातागोता भेटघाट गर्ने र मिठो-मिठो परिकारहरु बनाएर सँगै बसेर खाने हो। दसैंँ विशेष कोक बोतलको साथ हामी हाम्रा सम्पूर्ण नेपाली उपभोक्ताहरुलाई दसैंँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ । हामीलाई आशा छ यहाँँहरु सबै जनाको दसैंँ एकदमै विशेष हुनेछ र सबैजनाले यो दसैंँ रमाइलोसँग मनाउनुहुनेछ ।’

दसैंँ विशेष लेबलको साथै कोका-कोलाले आफ्नो ब्रान्ड एम्बासडर स्वस्तिमा खड्कालाई लिएर नयाँ टेलिभिजन विज्ञापन पनि बनाएको छ । यस विज्ञापनमा स्वस्तिमाले आफ्नो स्वर्गीय हजुरआमाको रेसिपी-बुकको मद्धतबाट दसैंँको तयारी गर्न थाल्छिन् । विज्ञापनमा दसैंँको मुख्य भागको रुपमा आफ्नो नातागोता र उनीहरुसँगको मेलमिलापलाई भावनात्मक तरिकाले प्रस्तुत गरिएको छ । यस विज्ञापनमा स्वप्न सुमनले सम्बन्ध उत्सव शीर्षकको गीत पनि गाएका छन् ।

त्यस्तै कम्पनीका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने ‘नेपालीहरुको लागि दसैंँ जति महत्त्वपूर्ण छ त्यत्तिकै महत्त्वपूर्ण कोका-कोलाको लागि पनि छ । हामी हरेक वर्षको दसैंँमा हाम्रा उपभोक्ताहरुको लागि केही नयाँँ र विशेष क्याम्पेन लिएर आइरहेका छौँ । हाम्रो यो वर्षको दसैंँ क्याम्पेन ट्यागलाइन सम्बन्धको उत्सवले हाम्रा उपभोक्ताहरुलाई आफ्नो सम्बन्धलाई अझै प्रगाढ बनाउन र हरेक पल स्मरणीय बनाउन प्रेरित गर्ने छ भन्ने हामीले आशा लिएका छौँ ।’

दसैंँको अभिन्न हिस्साको रुपमा खानेकुरा रहेकोले कोका-कोलाले यो वर्ष बिबिसि मास्टर सेफ प्रोफेसनलका विजेता सन्तोष शाहसँग मिलेर दसैंँमा खाइने मुख्य ५ वटा परिकारहरुको रेसिपी पनि सार्वजनिक गरेको छ । यो रेसिपी पाउनको लागि उपभोक्ताहरुले कोका-कोला बोतलको लेबलमा भएको क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । साथै यी रेसिपी भिडियोहरु कोका-कोला नेपालको फेसबुक र इन्स्टाग्राममा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसको साथै उपभोक्ताहरुले पनि कोका-कोला नेपाल र सेफ सन्तोष शाहलाई ट्याग गरेर आफ्नो रेसिपीको भिडियो सामाजिक सन्जालमा अपलोड गर्न सक्नेछन् । यी मध्यबाट ३ जना भाग्यशाली विजेताहरुले सेफ सन्तोष शाहसँग भेट्ने मौका प्राप्त गर्ने कोका-कोलाले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी