×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दराजले ‘दराज महोत्सव’ आयोजना गर्दै, नि:शुल्क इन्ट्री, संगीत, नृत्य साथै थुप्रै मनोरञ्जन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दराजले ‘दराज महोत्सव’ आयोजना गर्दै, नि:शुल्क इन्ट्री, संगीत, नृत्य साथै थुप्रै मनोरञ्जन

२३ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अनलाइन बजार दराजले आफ्नो पहिलो ठूलो स्तरको प्रयोगात्मक कार्यक्रम ‘दराज महोत्सव’ घोषणा गरेको छ । कार्यक्रम भदौ २५ गते भृकुटी मण्डप गार्डेन, काठमाडौंमा आयोजना हुने भएको छ भने कम्पनीक अनुसार दराज महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य सबै दराजका ग्राहकहरूसँग प्रगाड सम्बन्ध कायम गर्नु हो । दराज महोत्सवमा सांगीतिक र नृत्य प्रस्तुतिदेखि लिएर अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाको लागि समर्पित मनोरन्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ ।

दराज महोत्सवको बारेमा बोल्दै दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले भने, ‘दराजमा हामी जति जे अभियान गर्छौं, ग्राहकहरुलाई सधैं प्राथमिकतामा राख्ने गरेका छौँ र यो महोत्सव पनि अपवाद छैन । दराज महोत्सव एउटा पारिवारिक कार्यक्रम रहोस भन्ने हाम्रो सुरु देखि मनसाय रहेको छ र यो कार्यक्रमले सबै उमेर समूहलाई मध्यनजर गर्दै विभिन्न गतिविदीहरु समेट्ने प्रयाश गरेको छ । धेरै भन्दा धेरै ग्राहकहरुको उपस्तितीको अपेक्षा गर्दै हामीले इन्ट्री पनि फ्री नै गरेका छौ । एति भन्दैमा हामी आशाबादी र उत्साहित छौ कि तपाईंहरुको उपस्थितिले यो महोत्सवलाई एउटा नयाँ उचाईमा पुर्याउनेछ।’

दराज महोत्सवमा सुशान्त केसी, स्वपन सुमन, वाङ्देन शेर्पा र अन्य शीर्ष कलाकारहरूको सांगीतिक प्रस्तुतिको साथ मनोरञ्जनको एक उत्कृष्ट उत्सव रहने कम्पनीले जनाएको छ । दर्शकहरूले नृत्य ट्रुप्स र द अनएक्सपेक्टेड क्रुको अद्भुत नृत्य प्रस्तुति पनि पाउने छन् । दराज महोत्सव दराज एप भएका जो कोहीका लागि नि:शुल्क कार्यक्रम हो, आगन्तुकहरूले कार्यक्रममा प्रवेश गर्नका लागि आफ्नो फोनमा एप देखाउन आवश्यक रहेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी