काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डका रुपमा परिचित ‘आईसीटी अवार्ड’ को सातौँ संस्करणका लागि ई-कमर्स क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ ।दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवर र आईसीटी अवार्डका संयोजक राजन लम्सालबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । आईसीटी अवार्ड २०२२ को ‘ई-कमर्स पार्टनर’ का रुपमा दराज रहने तथा डिजिटल स्टार्टअप, इन्नोभभेसन र ट्यालेन्ट्सलाई विभिन्न किसिमले सहयोग तथा प्रवर्द्धन गर्ने उक्त समझदारीमा उल्लेख गरिएको छ।
दराज नेपालको अग्रणी ई-कमर्स कम्पनी हो । जसले अनलाइन मार्केटप्लेसको रुपमा देशैभरि सेवा प्रदान गरिरहेको छ । दराजमा २० हजारभन्दा बढी बिक्रेता समावेश भएका छन् । दराजले यही शनिबार भृकुटीमण्डपमा दसैँ महोत्सव आयोजना गर्दैछ भने अन्य दराज समिटलगायतका कार्यक्रम र क्याम्पियहरु पनि आयोजना गर्दै आइरहेको छ । सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्डको सातौँ संस्करणका रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रक्रिया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुका लागि ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२’ पनि आयोजना हुने भएको छ ।
नेपाली स्टार्टअप तथा इन्नोभेसनहरुका लागि स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विधाहरु रहेका छन् । प्रविधिको क्षेत्रमा विशेष योगदान गरेका व्यक्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड रहेका छन् । यसैगरी प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड रहेका छन् ।
लिभिङ विथ आईसीटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यमा आयोजनामा हुने आईसीटी अवार्डको छनौट प्रक्रियामा १३ जना विज्ञ जुरी सदस्य र १५ जना विशिष्ट सल्लाहकार छन् । यस वर्ष साउथ एसियाबाहेक अन्य ११ विधामा ४०० बढीको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डका लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुला रहेको छ । आईसीटी अवार्ड २०२२ को ग्रान्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) गते द सोल्टी काठमाडौँमा आयोजना हुनेछ ।
यसैगरी प्रि-इभेन्ट क्याम्पियनका रुपमा कार्तिक तेस्रो साता देशैभरिका १०० भन्दा बढी डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एन्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ। अवार्डमा नोमिनेसन वा अन्य जानकारीका लागि आधिकारिक वेबसाइट ‘आईसीटी अवार्ड डट ओआरजी’ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्