×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईभी नेपाल मोटर्सले ल्यायो दशैँ अफर, स्कुटर खरिद गर्दा ५ लाख सम्मको छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ईभी नेपाल मोटर्सले ल्यायो दशैँ अफर, स्कुटर खरिद गर्दा ५ लाख सम्मको छुट

२९ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको छ । ‘लेभलिंग को सफर दशैँ तिहारमा डबल अफर’ भन्ने स्किम संचालन मा ल्याएको कम्पनीले जनाएको छ ।

यस स्किममा घर मै बसेर एसएमएस EVNEPAL<space>1111 and send it to 35001 बाट १ लाख सम्म छुट पाउन सकिने छ भने शोरुममा गएर शोरुमले दिएको कोडमा एसएमएस गरेर फेरी छुट पाउन सकिने कम्पनीले जनाएको छ । उक्त स्किममा २ चोटी एसएमएस मार्फत डबल छुट पाउन सकिने छ जसमा ७ हजार देखी ५ लाख सम्म छुट रकम म्यासेज मा आउने छ र म्यासेजमा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ ।

यसका साथै नबिल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ र कुनै पनि पेट्रोल बाइकसंग सजिलै एक्सचेन्ज हुने कम्पनीले दावी गरेको छ । यो स्कुटर जर्मन कम्पनीको Bosch को मोटर्स प्रयोग गरिएको स्कुटर हो फुल चार्ज मा राम्रो माइलेज दिने हुनाले ग्राहकको माग बढदो छ । लेभ्लिंग इलेक्ट्रिक स्कुटर चढेपछी खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने , शर्भिस र पार्ट्स मा खर्च नहुने , वातावरण स्वस्छ हुने हुनाले कम्पनीले यो दशैं स्किमका लागि ल्याएको कम्पनीले बताएको छ ।

यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्लिंग इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ । एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५-डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर बिक्रि वितरण भैरहेको छ । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म रहेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी