काठमाडौँ । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।
यसै क्रममा भिमसेनथापा गाउँपालिका ५ का निवासी भिम बहादुर भट्टराईले रु एक लाख रुपैयाँ जित्न सफल भएका छन् । भैरबी इन्टरप्रईजेज को डिलर अन्तर्गत रहेको आरुघाट धादिङका सह-बितरक श्रेष्ठ इलेक्ट्रोनिक्सका डिलर दाई धर्मेन्द श्रेष्ठकोमा एक वर्ष रिचार्ज गरेर भट्टराईले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका हुन् ।
डिशहोमको तर्फबाट सिनियरसेल्स अफिसर मदन सापकोटा, सर्भिस सेन्टर कोडिनेटर सुमन खनाल, सर्भिस सेन्टर सुपरभाइजर लक्ष्मी लामा, सिनियर प्राबिधिक सुपरभाइजर उपेन्द्र ओली, प्राबिधिक सुपरभाइजर सागर खड्काद्वारा संयुक्त रुपमा भट्टराईलाई पुरस्कार रकम हस्तान्तरण गरिएको थियो ।
विजेता भट्टराईलाई हार्दिक बधाई दिँदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्