काठमाडौँ । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने भएका छन् ।
साथै, यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएको छ । यसै क्रममा पाखृवास नं पा २ धनकुटा, फलाटेका सन्त बहादुर राना मगरले एक लाख जितेका छन् ।
भारद्वाज इन्टरप्राइजेज डिलर अन्तर्गत रहेको KDHAN-10 का योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर सन्त बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।डिशहोमको तर्फ वाट सेल्स अफिसर मनोज रिजालले मगरलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।
विजेता सन्त बहादुर राना मगरलाई हार्दिक बधाई दिँदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्