×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवाले ल्यायो ‘मेरो यात्राको साथी’ अफर, टिकेटिङमा आकर्षक क्यासब्याक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इसेवाले ल्यायो ‘मेरो यात्राको साथी’ अफर, टिकेटिङमा आकर्षक क्यासब्याक

१७ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इसेवाले चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्बजनिक गरेको छ । यस अफर अन्तर्गत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाउने भएका छन् । अफरमा हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरु सामेल गरिएका छन् ।

साथै, यो सेवा प्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहार स्वरुप नयाँ सुजुकी एभेनिस स्कुटर प्राप्त गर्न सक्नेछन् । यस अफर अन्तर्गत पहिलो पटक हवाइजहाज टिकट खरिदकर्ताको लागि थप ३% अथवा रु ३०० सम्म क्यासब्याक प्राप्त हुनेछ । जसका लागि प्रोमोकोड ‘NAYA’ प्रयोग गर्नुपर्नेछ । यस्तै ३ वटा टिकट खरिद गर्दा थप रु १ सय ५० प्राप्त गर्न सकिनेछ । यसका लागि प्रोमोकोड थ्रिपावर ‘3power’ उल्लेख गर्नुपर्नेछ ।

यस्तै इसेवा मार्फत भदौ १६ गतेदेखि एक महिनासम्म होटल बुक गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । इसेवा मार्फत होटल बुक गर्दा भदौ २२ र असोज १ गते १ बजे देखि १ः३० बजेसम्म आधा घण्टाका लागि ५० प्रतिशत अथवा ४ हजारसम्म छुट प्राप्त गर्न सकिनेछ । यस्तै भदौ १९, भदौ २२, असोज २ गते बुक गर्दा एक भाग्यशाली जोडीले रु ५ हजार बराबरको होटलमा बस्न पाउने कम्पनीले जनाएको छ ।

यस्तै, अफर अन्तर्गत बसको टिकट काट्दा हरेक दिन एक जना व्यक्तिले २ सय प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसैगरी अन्तराष्ट्र्रिय हवाइ टिकट खरिदमा हरेक आइतबार बेलुकी ४ देखि ५ बजेसम्म ५ प्रतिशत अथवा रु २५ सय सम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो अफर भदौ १६ देखि असोज १६ गतेसम्म लागु हुनेछ । सेवाग्राहीले दिइएको प्रोमो कोडको अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६० लाख बढि ग्राहकलाई एप मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेंचेको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी