काठमाडौँ । ‘उपाय’ र ‘इसेवा’ ले हालै व्यापारीक सहकार्य गर्ने सम्झौता गरेका छन् । सम्झौता अनुसार अव उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एप मार्फत पनि उपभोक्ताहरुलाई उपलब्ध हुने भएको छ । प्रारम्भिक चरणमा, इसेवाले आफ्नो एपमा ‘घर सराई सेवा’ समावेश गर्नेछ ।
एप प्रयोगताहरुले एउटा साधारण फारम भरेर सो सेवाको लागि अनुरोध पठाउन सक्ने कम्पनीले जनाएको छ । उपभोक्ताले आफ्नो रोजाईको सेवा र गाडी पनि छान्न सक्नेछन् । अशोज महिना देखि यो एप मार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिक अप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उप्लब्ध गराउने भएको छ ।
उपायका प्रवन्ध निर्देशक सुमन रायमाझीले भने ‘यो साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आम उपभोक्ताको आधारभुत आवश्यकता पुरा गर्न मद्दत पुग्ने छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’
इसेवाका विजनेश डेभलपमेन्ट हेड आशिष पछाईले भने ‘इसेवाले जहिलेपनि आम जनतालाई सहज हुने किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि ग्राहकलाई सहज हुने यस किसिमका सेवाहरु थप गर्दै जानेछौँ । ’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्