काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र विज्ञापन बोर्डको संयुक्त तत्वावधानमा विज्ञापन आचार संहिता र विज्ञापनको राष्ट्रिय नीतिका विषयमा गहन छलफल भएको छ । आइतबार महासंघ सचिवालयमा आयोजना गरिएको कार्यक्रममा महासंघ, बोर्डका पदाधिकारी, उद्यमी व्यवसायीहरू, विज्ञापनदाता र संचार माध्यमका व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।
विज्ञापन वोर्डले केही महिना अघिमात्र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण सम्बन्धी आचारसंहिता, २०७९ सार्वजनिक गरेको थियो भने विज्ञापनको राष्ट्रिय नीतिको तयारीमा काम गरिरहेको सो अवसरमा जानकारी गराइएको थियो । विज्ञापन आचार संहितको प्रभावकारी कार्यान्वयनमा विज्ञापनदाताहरूको प्रतिवद्धता र विज्ञापनको राष्ट्रिय नीतिका सम्बन्धमा सुझाव लिने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई महासंघका अध्यक्षले संवोधन गर्दै आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा महासंघकातर्फबाट सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।
अध्यक्ष गोल्छाले अर्थतन्त्रको विस्तारका लागि महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण भिजन पेपरको कार्यान्वयनबाट नेपालमा विज्ञापन बजारको दायरालाई फराकिलो पार्ने कार्यमा समेत ठूलो सहयोग पुग्ने धारणा राखेका थिए । जतिबढी अर्थतन्त्र फस्टाउदै गयो, उद्योग व्यवसाय बढे, नेपाल समृद्धितर्फ जान सक्यो विज्ञापन व्यवसाय पनि सोही अनुसार फस्टाउने र यसको दायरा फराकिलो हुने हुँदा अर्थतन्त्रको विस्तारमा सबैको सहयोग सहकार्य अपरिहार्य हुनेमा उनको जोड थियो ।
‘अर्थतन्त्र संकुचन हुँदा उद्योग, व्यापार, व्यवसाय र विज्ञापन व्यवसाय पनि संकुचन हुने कुरालाई हामीले प्रत्यक्षरुपमा भोग्दै आएका छौँ’, अध्यक्ष गोल्छाले भने, ‘करिब पौने १५ अर्बको विज्ञापन बजार यदि अवस्था सहज भैदिएको भए आजको दिनसम्म करिव २० अर्बको हाराहारी पुग्ने थियो तर कोभिडका कारण यसमा ठूलो धक्या लाग्न गयो।’ कुल विज्ञापनमा स्वदेशी विज्ञापनको अंश करिव ६० प्रतिशत र विदेशी विज्ञापनको अंश करिव ४० प्रतिशत रहेको तथ्यांक राख्दै अध्यक्ष गोल्छाले विज्ञापन सम्बन्धी नीति, कानुन, आचार संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा यो क्षेत्रको भविष्य निकै राम्रो रहेको अध्यक्ष गोल्छाले बताए ।
बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा विज्ञापनदाता र महासंघको सहयोग वोर्डका लागि महत्वपूर्ण रहने बताए । बोर्डका कार्यकारी अध्यक्ष हुमागाईले विज्ञापन व्यवसायलाई स्वच्छ मर्यादित, पारदर्शि र प्रतिस्पर्धी बनाउने उद्देश्यले विज्ञापनको राष्ट्रिय नीति ल्याउन खोजिएको समेत स्पष्ट पारे । कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्य, महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल विज्ञापन संघका अध्यक्ष सोम प्रसाद धितालले आचासंहिताको प्रभावकारी कार्यान्वयन हुनसके विज्ञापन व्यवसायमा देखिएका विकृतिहरु स्वतः निश्क्रिय भई समग्र विज्ञापन व्यवसायको वृद्धिमा सहयोग पुग्ने धारणा राखेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्