काठमाडौँ । गरिमा विकास बैंकले मिति २०७९ साल आश्विन ३ गते संविधान दिवसको दिन आफ्नो सबै १२० शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउण्टरबाट वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदान-प्रदान कार्यक्रम सफलताको साथ सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम अन्तर्गत गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत एवं सम्पूर्ण विभागीय प्रमुख लगायत एक हजार कर्मचारीहरु मार्फत नेपालभर करिब ५० हजार ग्राहकहरुलाई विभिन्न बैकिङ सेवा प्रदान गरिएको छ ।
आउँदै गरेको चाडपर्वलाई ध्यानमा राख्दै पैसाको रेखदेख कसरी गर्ने, सामाजिक संजालबाट हुने सम्भावित ठगीबाट कसरी बच्ने, बचत गर्नुको फाईदाहरु लगायतका विषयहरुको बारेमा सूचना सम्प्रेषण गरिएको बैंकले जनाएको छ । साथै, बैंक खाता खोल्न ईच्छुक ग्राहकहरुलाई उनीहरुको घरआँगनमै बैंक खाता समेत खोलिएको थियो ।
हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर एवं ५१ एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले डिजिटल बैकिङ अन्तर्गत गरिमा डिजि बटुवा, ईन्टरनेट बैकिङ, भिजा डेबिट कार्ड, अनलाईन बैंक खाता मार्फत पनि सेवा दिँदै आईरहेको दाबी गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्