काठमाडौं । ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले दसैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससीटी) सँगको सहकार्यमा बैंकले दसैंका लागि एससीटी डेबिट कार्डको दमदार दसैं धमाका ‘थ्री-डी’ अफर अन्तर्गत क्यासब्याक ल्याएको हो ।
यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर रहेको बैंकले जनाएको छ। कुनै पनि प्वाइन्ट अफ सेल (पीओएस) टर्मिनलहरूमा भुक्तानी गर्ने एससीटी डेबिट कार्ड होल्डरले ३३.३३ प्रतिशत अथवा अधिकतम एक हजारसम्म क्यासब्याक पाउन सक्नेछन् ।
असोज १ गतेदेखि दसैंभर यो योजना चल्ने कम्पनीले जनाएको छ । कम्तिमा ३ वटा पीओएस कारोबार गर्ने कार्ड होल्डरलाई पाँच सय तथा कम्तिमा ६ वटा पीओएस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई एक हजार क्यासब्याक प्रदान गरिने बैंकले जनाएको हो ।
क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा पाँच सय रुपैयाँको हुनुपर्नेछ । यस्तै, दिनको एउटा कारोबार मात्र गणना हुने बैंकले जनाएको छ ।
हाल बैंकको २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्