काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्तालाई आइफोन १३ प्रदान गर्ने भएको छ ।
असोज १ देखि महिनाभर चल्ने यो अभियान अन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथामार्फत २ जना भाग्यशाली ग्राहकलाई आइफोन १३ प्रदान गरिने बैंकले जनाएको छ।
यस योजनामा सहभागी हुनका लागि असोज महिनाभर रु. ५०० वा सोभन्दा बढीको क्यूआरमार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्नेछ । बैंकले यो योजना स्विफ्ट टेक्नोलोजिज तथा स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा ल्याएको हो ।
हाल बैंकको २९० शाखा, २७३ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्