×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोल्डेन ओक १२औं कृति अवार्डमा उत्कृष्ट मनोनयनहरुको घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गोल्डेन ओक १२औं कृति अवार्डमा उत्कृष्ट मनोनयनहरुको घोषणा

१७ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको गोल्डेन ओक १२औं कृति अवार्डस् २०७९ को उत्कृष्ट मनोनयनहरुको घोषणा गरेको छ । विभिन्न ३१ वटा बिधामा परेका ४२५ मनोनयनहरु मध्ये हरेक बिधामा उत्कृष्टताको उच्चतम ५ वटासम्मका मनोनयनहरु शुक्रबार होटल याक एण्ड यतिमा आयोजित भव्य समारोहकाबीच घोषणा गरिएको थियो। उक्त कार्यक्रममा विज्ञापन व्यबसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मिहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

विज्ञापन व्यबसायि, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मिहरुको साझा कार्यक्रम गोल्डेन ओक १२औं कृति अवार्डस् २०७९ को तिन शिर्षक मध्य मेनस्ट्रिम अन्तगर्तका बिधाहरुमा उत्कृष्ट-५, तथा टेक्निकल र क्याम्पेन शिर्षक अन्तगर्तका बिधाहरुमा उत्कृष्ट ३/३ जना छनौटहरुको शुक्रबार घोषणा गरिएको हो । यस गोल्डेन ओक १२औं कृति अवार्डसमा ३१ वटा बिधामा ४५ वटा एजेन्सीहरुले ४२५ वटा नोमिनेसन दर्ता गराएका थिए ।

गोल्डेन ओक १२औं कृति अवार्ड २०७९ को मुख्य प्रायोजकमा गोल्डेन ओक, पावर बाइमा बाल्ट्रा र डिसहोम रहेको छ । त्यसै गरी कार्यक्रमको अन्य प्रायोजकहरुमा बैंकिङ पार्टनरका रुपमा मुक्तिनाथ बिकास बैक लि., ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड वाईमा आइ.टि.पि.एफ., प्रभु बैक, सफ्टि हाइजिन, सेल पे, र राष्ट्रिय बाणिज्य बैंक रहेको कम्पनीले जनाएको छ ।

गोल्डन ओक १२औं कृति अवार्डस २०७९ को मुल समारोह होटल सोल्टिमा भाद्र २५ गते शनिवार हुने भएको छ । कृतिको टप फाइभ नोमिनेसनको कार्यक्रमको प्रायोजन अनलाइन खवर डट कम र हिमालय टिभि एचडिले गरेका थिए । कार्यक्रममा बाहौं कृतिका ट्राभल पार्टनर-गुरु ट्राभल्स र आनबीच सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

PR topfive 20790516
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी