पोखरा । ग्रीन डेभलमपमेण्ट बैंक लिमिटेड र पोखरा स्थित फिस्टेल ड्रिमपार्कबीच बिहिबार टिकट शुल्कमा छुट दिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र बमोजिम ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडका ग्राहकहरुले आफ्नो एटिएम कार्ड वा मोबाईल बैंकिङमार्फत् भुक्तानी गर्दा केवलकारको टिकट रकममा १० प्रतिशत छुट पाउने भएका छन् ।
उक्त सम्झौतामा बैंकका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी र ड्रिमपार्कका तर्फबाट पार्कका अध्यक्ष केदम के.सी.ले हस्ताक्षर गरेका हुन् । उक्त समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले पोखराको पर्यटन विकास तथा वाल मनोरञ्जनका लागि संचालनमा ल्याईएको पार्कको मनोरञ्जन सुविधा प्रयोग गरि बैंकका ग्राहकहरुले पर्यटन विकासमा थप टेवा पुर्याउने तथा भरपुर मनोरञ्जन लिने विश्वास व्यक्त गरेका छन् ।
सोही कार्यक्रममा बोल्दै पार्ककका अध्यक्ष के.सी.ले पोखरामा व्यवस्थित मनोरञ्जन पार्कको अभाव रहेको बेला आफुहरुले ड्रिम पार्कको संचालन गरेको र ग्रीन डेभलपमेण्ट बैंकसँग सम्झौता गरि बैंकका ग्राहकहरुलाई समेत सुविधा दिन पाउँदा खुशी भएको बताए । बैंकले हाल कास्की, वागलुङ, म्याग्दी, तनहूँ र नवलपुरका विभिन्न स्थानहरुमा रहेका १६ वटा शाखा कार्यालयहरु मार्फत् आफ्ना विभिन्न आधुनिक बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्