×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्यापुमा दशैं धमाका, ५० प्रतिशतसम्म छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्यापुमा दशैं धमाका, ५० प्रतिशतसम्म छुट

Artha Sarokar

३ आश्विन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमले दशैंको अवसरमा विशेष अफर ल्याएको छ । अफरमा ग्यापुले विभिन्न सामानमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । सपिङ गर्नेहरुबाट दैनिक सपिङ विजेता घोषणा गरेर आकर्षक गिफ्ट प्रदान गर्ने ग्यापुको हेड अफ अपरेसन सुजनी केसीले बताइन् ।

ग्यापुको दशैं धमाका अफर असोज ३ देखि १० गतेसम्म चल्नेछ । यो योजनाअन्तर्गत ग्राहकहरुले घरायसी सामाग्री, कपडा, सौन्दर्य सामाग्री, बालबालिकाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा भारी छुट पाउनेछन् ।

त्यस्तै, एनआइसी एसिया ब‌ैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम ५ सय रुपैयाँ) क्यासब्याक, हिमालयन बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम १ हजार), एनसिसि बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशत (अधिकतम २ हजार) र माछापुच्छ्रे बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म (अधिकतम १ हजारसम्म) क्यास ब्याक दिने भएको छ ।

त्यस्तै इसेवाबाट भुक्तानी गर्ने मध्ये अफर अवधीभर दैनिक २ जना ग्राहकले लक्की ड्र मार्फत गिफ्ट भौचर पाउने ग्यापुका हेड अफ बिजनेस अभिमन्यु शर्माले बताए । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको आधिकारिक वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ ।

ग्राहकले सामान खरिद गर्दा फोन पे, आइएमइ पे, कनेक्ट आइपिएस, इ-सेवा, प्रभु पे र जुनसुकै बैंकको मोबाइल बैकिङ बाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्नेछन्। त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी