काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इन्क बीच सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इन्कका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरेका हुन् ।
आईएमई जनरल इन्स्योरेन्सबाट बीवाईडी ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्सालस्थित साइमेक्स इन्कको सहकार्यमा सहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको कम्पनीको भनाइ छ ।
साइमेक्स इन्कबाट बिक्री वितरण हुने बीवाईडी ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आईएमई जनरल इन्स्योरेन्सबाट गर्ने र बीमा पश्चात कुनै पनि दुर्घटनामा परी क्षति भएमा सोको सहज र सरल तरिकाबाट नगदरहित दावी भुक्तानी गर्ने गरी दुवै कम्पनीबीच सम्झौता भएको जनाइएको छ ।
कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षतिग्रस्त भइ मर्मत सम्भार गर्नु पर्ने भएमा साइमेक्स इन्कको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारका लागि लगिएमा सो मर्मत सम्भार वापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इन्कलाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त हुने विश्वास कम्पनीको छ ।
सम्झौता अनुसार आईएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोबाइल नम्बर ९८५१३३२११३ मा फोन, एसएमएस, भाइबर, ह्वाट्सएप मार्फत दुर्घटनाको जानकारी गराउन सकिनेछ भने सवारी साधन बीवाईडीको सर्भिस सेन्टरमा पुर्याए पश्चात दुर्घटनाग्रस्त सवारीको जाँच गरी सवारी धनीलाई कुन मितिमा सवारी साधन फिर्ता गर्ने सो मितिको जानकारी दिइने कम्पनीले जनाएको छ ।
मर्मत सम्भार पश्चात बीमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै बीवाईडी कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमाभन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सो को जानकारी सम्बन्धित सावारी धनीलाई गराइने कम्पनीले बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्