Skip to content
LAXMI SUNRISE BANK

आइएमई जनरल इन्स्योरेन्स र इशान बाल तथा महिला अस्पतालबीच नगद रहित सेवा सम्झौता

अर्थ सरोकार

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इशान बाल तथा महिला अस्पताल प्रा.लि.बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इशान बाल तथा महिला अस्पतालका हस्पिटल डाइरेक्टर राम नन्दन प्रसाद चौधरीले हस्ताक्षर गरेका थिए ।

सो सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म इशान बाल तथा महिला अस्पतालबाट नगद रहित हस्पिटलाईजेशस  सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले इशान बाल तथा महिला अस्पतालले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आइजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेका छन् ।

अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सकिने हुनाले ढुक्क भएर सेवा लिन रेग्मीले आव्हान गरेका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK