काठमाडौं । जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-९ घर भई हाल ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीय मिना सुब्बा रहेकी छिन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुविधानगरबाट पक्राउ गरेको हो ।
उनले वर्किङ भिसामा जापान पठाइदिन्छु भन्दै पीडित व्यक्तिबाट १३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
सुब्बालाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्