×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘द भ्वाइस नेपाल’ को भोटिङ साथै टिकटिङ्ग पार्टनर ‘खल्ती’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘द भ्वाइस नेपाल’ को भोटिङ साथै टिकटिङ्ग पार्टनर ‘खल्ती’

Artha Sarokar

२१ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले ‘द भ्वाइस नेपाल’ सँग एक मात्र भोटिङ र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ । यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने ‘द भ्वाइस नेपाल’ का प्रतियोगीलाई ‘खल्ती’ मार्फत् भोट गर्न सक्नेछन् साथै ‘द भ्वाइस नेपाल’ प्रत्यक्ष हेर्न टिकट पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

रियालिटी शो ‘द भ्वाइस नेपाल’ हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। कार्यक्रम भाद्र २४ गतेबाट औपचारिक रुपमा हिमालय टिभीमा प्रसारण हुनेछ । कार्यक्रममा कोच/निर्णायकको रूपमा गायक प्रविशा अधिकारी, राजु लामा, प्रमोद खरेल र राजेश पायल राई देखा पर्ने जनाएका छन् । यस कार्यक्रमको सुरुवात ब्लाइन्ड अडिसन राउन्डबाट हुनेछ जुन समाप्त भएपछि प्रतिस्पर्धीहरु ब्याटल राउन्डमा जानेछन् । ब्याटल राउन्डको अन्त्यसंगै लाइभ राउन्ड सुरु हुनेछ जसमा दर्शकहरूले आफ्नो मनपर्ने ट्यालेन्ट लाई ‘खल्ती’ एप प्रयोग गरि भोट गर्न सक्नेछन् ।

यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हामी ‘हिमालयन टिभी’ र ‘द भ्वाइस नेपाल’ सँग एक मात्र भोटिंग पार्टनरको रूपमा पुनः सहकार्य गर्न पाउँदा निकै खुशी छौं। हामी आशा गर्छौं कि हाम्रो सहकार्य ‘द भ्वाइस नेपाल’का प्रतियोगी साथै दर्शकहरुका लागि पनि यो प्रतियोगितालाई लक्षित गरेर विभिन्न अफरहरु पनि ल्याउने तयारीमा छौं ।’ खल्तीले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको दाबी गरेको  छ।

करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ६० हजार+ एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ताहरू छन्। यस मार्फत् प्रयोगकर्ताले बिलहरू भुक्तानी, मोबाइल र टिभी रिचार्ज, उडान र चलचित्र टिकट बुकिङ, बीमा प्रिमियम, अनलाइन सपिङ साइटहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य धेरै सेवाहरूको डिजिटल भुक्तानी गर्न सक्ने खल्तिले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी