काठमाडौँ । मलेसियामा आयोजित WITSA Global Innovation & Tech Excellence Awards 2022 मा रहेको थुप्रै क्याटागोरीमध्ये खल्ती ‘डिजिटल अपर्चुनिटी/इन्क्लुजन अवार्डद्वारा सम्मानित भएको छ । उक्त अवार्ड WITSA -World Innovation, Technology, And Service Alliance ले प्रदान गरेको थियो ।
अवार्ड कार्यक्रममा विश्वभरका ८० भन्दा बढी देश सहभागिता रहेको थियो। बहुप्रतिष्ठित अन्तर्राष्ट्रिय WITSA अवार्डबाट खल्ती सम्मानित हुँदा यसले नेपाललाई पनि अन्तर्राष्ट्रिय स्थरमा चिनाएको छ । उक्त अवार्डमा उपस्थित खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले खल्तीलाई आजको दिन यो स्थानसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्ण खल्ती प्रयोगकर्ता, साझेदार, व्यापारी तथा एजेन्ट, नियामक, खल्ती र अन्य सरोकारवालालाई धन्यवाद दिएका थिए।
साथै आउँदा दिनमा अन्तर्राष्ट्रिय बजार वित्तीय सेवाको प्रविधि बुझ्दै आफ्नो सेवालाई अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्ने उद्देश्य रहेको उनले जानकारी दिए । The World Congress On Innovation & Technology (WCIT) सन् १९७८ देखि स्थापना भएको World Innovation, Technology And Services Alliance (WITSA) को एक महत्वपूर्ण तथा प्रतिष्ठित इभेन्ट हो ।
अवार्डका बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘खल्ती WITSA को अवार्डद्वारा सम्मानित हुनु हाम्रो र हाम्रो देश नेपालका लागि निकै गौरभको कुरा हो । यस अवार्डले हामीलाई लक्ष्यप्रति थप गम्भीर हुन प्रोत्साहन दिँदै थप चुनौती थपिदिएको छ ।’
खल्ती डिजिटल वालेटको ६० हजार बढी एजेन्ट नेटवर्कका साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन् । यसमार्फत प्रयोगकर्ताले बिलहरु भुक्तानी, मोबाइल र टिभी रिचार्ज, उडान र चलचित्र टिकट बुकिङ, बीमा प्रिमियम, अनलाइन सपिङ साइटहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र अन्य धेरै सेवाहरुको डिजिटल भुक्तानी गर्न सकिने कम्पनी जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्