×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्तीले ल्यायो ‘खल्तीफुल’ अफर, १० प्रतिशत क्यास्ब्याक पाइने

PRIME CA
GLOBAL IME BANK

खल्तीले ल्यायो ‘खल्तीफुल’ अफर, १० प्रतिशत क्यास्ब्याक पाइने

१० आश्विन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीफुल अफर’ ल्याएको छ । यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले यूनियन पे को क्यू आर तोकिएको आउटलेटमा खल्ती मार्फत स्क्यान गरि भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम ५ सय सम्मको) क्यास्ब्याक प्राप्त गर्न सक्नेछन् ।

प्रयोगकर्ताले निम्न उल्लेखित स्टोरहरूमा क्यास्ब्याक प्राप्त गर्न सक्नेछन् 

उक्त अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ प्रतिको उत्साह र उमंगलाई मध्यनजर गर्दै हामीले डिजिटल भुक्तानी मार्फत् हाम्रा प्रयोगकर्ताको चाडबाडको सपिङ्गमा खुशीयाली यो अफर ल्याएका हौं ।’ यो अफर भाद्र ३० देखि कार्तिक १४ गते सम्म लागु हुने कम्पनीले जनाएको छ ।

खल्तीमा हाल २५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ६० हजार भन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभरको परिवारमा वृद्धि गरेको खल्तिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: