×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्ती डिजिटल वालेटका ग्राहकले फोनपे क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

खल्ती डिजिटल वालेटका ग्राहकले फोनपे क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाउने

Artha Sarokar

४ आश्विन २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । खल्ती डिजिटलका ग्राहकले खल्तीको मोबाईल एपमार्फत पहिलोपटक फोनपेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् ।नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र डिजिटल वालेट खल्तीका ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा खल्तीका प्रयोगकर्ता विभागका प्रमुख अविनास गुप्ता र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठकाले हस्ताक्षर गरेका हुन् । यो योजना असोज ४ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । नेपालीहरुको महान चाड दशैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको हो । फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित् गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एपबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् ।

एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । भुक्तानी सेवा प्रदायक खल्ती मार्फत विभिन्न किसिमका भुक्तानी तथा किनमेल गर्न सकिन्छ । खल्ती मार्फत मोबाईल रिचार्ज, बिजुली, खानेपानीको महशुल लगायतका थुप्रै सेवाको भुक्तानी तथा किनमेल गर्न सकिने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी