Skip to content
LAXMI SUNRISE BANK

कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश पारित

अर्थ सरोकार

काठमाडौँ । कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा टंगाल स्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा सम्पन्न भयो । उक्त सभामा कम्पनिको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारीत भएका छन् । सभाले कम्पनिको हाल कायम चुक्ता पुँजि रु. ४० करोडको ५ प्रतिशतले हुन आउने २ करोड  नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।

सभाका अध्यक्ष विकाश खनालले कम्पनिले आगामि दिनहरुमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पँहूच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजि बजारको विकासमा उल्लेखनिय योगदान पुर्याउने विश्वास दिलाउँदै सेयरधनि, कुमारी बैंक लिमिटेड, नियामक निकाय तथा सम्पुर्ण सुभेच्छुकहरुबाट प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गरेका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK