Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकले ल्यायो ५ देखि १०० गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंक लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ । ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम दस हजार देखि दस लाख सम्म प्रारम्भिक बिज रकम जम्मा गरी निम्न अनुसारको धनबृद्धि लक्ष्य प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस आवर्ती रिकरिङ्ग योजना अन्तर्गत, प्रारम्भिक बिज रकमको १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यस योजनाबाट न्यून देखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा बैंक विश्वस्त रहेको छ । यो योजना आश्विन १ देखि लागु हुने बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK