Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकको एक नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर संचालनमा

अर्थ सरोकार

काठमाडौँ ।  कुमारी बैंक लिमिटेडले आफ्ना सञ्जाल विस्तार गर्ने क्रममा एक नयाँ शाखा र दश वटा नयाँ एक्सटेन्सन काउन्टरहरू सुरू गरेको छ । बैंकले चन्द्रागिरि नगरपालिकामा गुर्जुधारा शाखा सञ्चालन गरेको हो ।

विगत २१ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १९९ शाखा संजाल, १९५ एटिएम, ३४ एक्सटेन्सन काउन्टर तथा ५३ शाखारहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

बैंकले सुरू गरेका दश नयाँ एक्सटेन्सन काउन्टरहरूः

१. बल्खु एक्सटेन्सन काउण्टर- काठमाडौँ महानगरपालिका वडा नं. १४,बल्खु,काठमाडौँ

२. ईन्द्रायणी एक्सटेन्सन काउण्टर-शंखारापुर नगरपालिका वडा नं. ९ ईन्द्रायणी,काठमाडौँ

३. गैरीगाँउ एक्सटेन्सन काउण्टर-नागर्जुन नगरपालिका वडा नं. ३ , गैरीगाँउ,काठमाडौँ

४. झोर एक्सटेन्सन काउण्टर-टोखा नगरपालिका वडा  नं. १, झोर,काठमाडौँ

५. आरुवारी एक्सटेन्सन काउण्टर-गोकर्णेश्वर नगरपालिका वडा नं. ९, आरुवारी,काठमाडौँ

६. नेकोसेरा एक्सटेन्सन काउण्टर-मध्यपुर थिमी नगरपालिका वडा नं. ९ निर्पुर, नेकोसेरा, भक्तपुर

७. जैसिदेवल एक्सटेन्सन काउण्टर-काठमाण्डौं महानगरपालिका वडा नं.२३ , जैसिदेवल,काठमाडौँ

८. आर.आर.एम. क्याम्पस एक्सटेन्सन काउण्टर-जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ जनकपुरधाम, धनुषा

९. महाराजगंज एक्सटेन्सन काउण्टर-काठमाडौँ महानगरपालिका वडा नं. ३, महाराजगंज,काठमाडौँ

१०. छाउनी एक्सटेन्सन काउण्टर-काठमाडौँ, महानगरपालिका वडा नं. १५, छाउनी,काठमाडौँ

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK